१० कार्तिक २०८३, मङ्गलबार

समाचार

भोटेकोशी बाढीमा बेपत्ता भएका मध्यविन्दुका १२ जनाको परिवारलाई राहत हस्तान्तरण

नवलपुर । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का व्यक्तिको परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । जिल्लाको नवलपुर उद्योग वाणिज्य सङ्घ कावासोतीले मध्यविन्दु उद्योग वाणिज्य सङ्घ तथा स्थानीय पालिकासँगको समन्वयमा वेपत्ता व्यक्तिका घरमा गई उनीहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । नवलपुर उद्योग वाणिज्य सङ्घ कावासोतीको […]

पूरा पढ्नुहोस्

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली । तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । विगत केही वर्षदेखि जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर छ भने माछामा भने आत्मनिर्भर नरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले प्रति व्यक्ति प्रति वर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा […]

पूरा पढ्नुहोस्

शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने

नारायणगढ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटस्थित स्थानमा स्मृति उद्यान निर्माण गरिने भएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गणेश अर्यालले शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटमा स्मृति उद्यान निर्माण गर्ने विषयमा छलफल गरिनुका साथै त्यसका लागि […]

पूरा पढ्नुहोस्

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको छ । जिप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षात्का समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जको ३० किलोमिटर सडकको दायाँबायाँ रहेका झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जमा गस्ती र जिप सफारीको […]

पूरा पढ्नुहोस्

अङ्कुरम् एकेडेमीमा भोलिदेखि नमुना संयुक्त राष्ट्र सङ्घीय कार्यक्रम

चितवन । चितवनको भरतपुरमा रहेको अङ्कुरम् एकेडेमीको आयोजनामा भोलि शनिबारदेखि विद्यालयमा नमुना संयुक्त राष्ट्र सङ्घीय (एमयुएन) इभेन्ट तेस्रो संस्करण हुने भएको छ । असोज ५ गतेसम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थीहरुले संयुक्त राष्ट्र सङ्घको महासभामा हुने कार्यक्रमको अभ्यास गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । एमयुएन इभेन्टका सल्लाहकार एवम् अङ्कुरम् एकेडेमीका प्रिन्सिपल सुमन पौडेलले […]

पूरा पढ्नुहोस्

कृष्णभिरमा असोज १ गतेदेखि नियमित सडक सञ्चालन हुने

चितवन । कृष्णभिरमा नयाँ ‘ट्र्याक’ खोलेर असोज १ गते बिहीबारदेखि दुईतर्फी  यातायात सेवा सञ्चालन गरिने भएको छ । त्रिशूलीमा आएको बाढीबाट सडकको तल्लो भाग बगाएपछि त्यस ठाउँमा उक्त राजमार्ग यही भदौ १४ गते  यातायात सेवा  सञ्चालन गर्न नमिल्ने गरी भासिएको थियो । सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध बनेको सो राजमार्ग यही भदौ १८ गतेदेखि नजिकै रहेको […]

पूरा पढ्नुहोस्

बाढीप्रभावित क्षेत्रमा सिएमसीको नि:शुल्क स्वास्थ्य शिविर

चितवन । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बाढीप्रभावित क्षेत्रमा चिकित्सक टोली  पठाएको छ । अस्पतालले आज बाढी प्रभावित नुवाकोट र रसुवामा सेवा दिन विशेषज्ञ चिकित्सकसहित २१ जनाको टोली पठाएको हो । टोलीले आगामी असोज ५ गतेसम्म बाढीप्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निःशुल्क स्वास्थ्य उपचार सेवा दिनेछ । टोलीको नेतृत्व गर्नुभएका डा […]

पूरा पढ्नुहोस्

भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन

नारायणगढ । रसुवाको भोटेकोशीमा गएको बाढीपछि चितवनमा ३६४ जनाको शव फेला परेकामा १४ शवको पहिचान भएको छ । हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरुका ८१ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा फेला परेकामध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण तथा कानुनी […]

पूरा पढ्नुहोस्

भरतपुरमा सन अटोमोबाइल्सले सार्वजनिक गर्यो रोयल इन्फिल्ड हन्टर ३५०

चितवन । युवाहरुको मागबमोजिम भरतपुरको सन अटो मोबाइल्सले रोयल इन्फिल्डको नयाँ रङ र नयाँ भेरियन्टको हन्टर ३५० सार्वजनिक गरेको छ । आज बुधबार भव्य कार्यक्रमकाबीच शोरुममा नयाँ टर्माक ब्ल्याक भेरियन्टसँगै टप भेरियन्टमा मुम्बै यल्लो र मनसुट ह्वाइट गरी दुई नयाँ रङमा हन्टर ३५० सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि चितवन अटो मोबाइल्स एसोसियसनका अध्यक्ष […]

पूरा पढ्नुहोस्

भरतपुरमा साविक उच्‍च मावितर्फका शिक्षक आन्दोलित, तलब कटौती भएको गुनासो

चितवन । चितवनको भरतपुरका विभिन्न निजी विद्यालयमा साविकको उच्च मावि तहमा अध्यापनरत आंशिक शिक्षकहरू श्रम शोषण भएको भन्दै आन्दोलनमा उत्रिने भएका छन् । शनिबार भरतपुरमा भेला भएका आंशिक शिक्षकहरुले ‘निजी +२ आंशिक प्राध्यापक हकहित संघर्ष समिति, भरतपुर (चितवन)’ गठन गर्दै चरणबद्ध आन्दोलन अघि बढाउने निर्णय गरेका हुन् । भूमिश्वर गैरेको अध्यक्षतामा गठित सङ्घर्ष समितिको उपाध्यक्षमा […]

पूरा पढ्नुहोस्