१० कार्तिक २०८३, मङ्गलबार

Tag: जेन-जी

जलेका कार्यालय सरसफाइ गरी अत्यावश्यक सेवा सञ्चालन

तनहुँ । जेन-जी आन्दोलनका क्रममा तनहुँमा भएका सरकारी कार्यालय तोडफोड र आगजनीपश्चात् अत्यावश्यक सेवा सञ्चालनको तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै कार्यालयलाई परिपत्र गर्दै क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन गरी प्रशासन कार्यालयलाई उपलब्ध गराउन परिपत्र गरेको जानकारी […]

पूरा पढ्नुहोस्

आज जेन-जी र नेपाली सेनाबीच वार्ता

काठमाडौँ । जेन-जी समूह र नेपाली सेनाबीच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन । नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो । जंगी अड्डामै जेन-जीबीच विवाद भएपछि हिजो गर्ने भनिएको वार्ता आजको लागि सारिएको थियो । […]

पूरा पढ्नुहोस्

जेन-जीको प्रदर्शनमा कालिका एफएमका निर्देशक पौडेल घाइते

चितवन । चितवनमा भएको जेन-जीको आन्दोलनमा चितवनको भरतपुरस्थित कालिका एफएमका निर्देशक दीपक पौडेल घाइते हुनुभएको छ । भरतपुर महानगरपालिका अगाडि भएको झडपमा प्रदर्शनकारीले प्रहरीलाई प्रहार गरेको ढुङ्गा लाग्दा पौडेलको बायाँ हात भाँचिएको छ । अहिले उहाँको भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। समाचार सङ्कलनको लागि घटनास्थल पुग्नुभएका पौडेललाई ढुङ्गाले लागेको सँगै रहनुभएका पत्रकार रमेशकुमार […]

पूरा पढ्नुहोस्

जेन-जी प्रदर्शनमा मर्नेको सङ्ख्या १४ जना पुग्यो, १२३ घाइते

काठमाडौँ । राजधानीको नयाँ बानेश्वरमा आयोजित जेनजीको प्रदर्शनमा सुरक्षा निकायले गरेको बल प्रयोगपछि मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । विभिन्न अस्पतालमा १२३ जना घाइतेको उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार सिभिल अस्पतालमा मात्रै ५० जना घाइते उपचाररत छन् । सोही अस्पतालमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौँ मेडिकल कलेजमा […]

पूरा पढ्नुहोस्

जेन-जी आन्दोलनका क्रममा मर्नेको सङ्ख्या ४ जना पुग्यो

काठमाडौँ । बानेश्वरमा भएको जेन-जी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको सङ्ख्या ४ जना पुगेको छ । उपचारको क्रममा राजधानीको ट्रमा सेन्टरमा आज दिउँसो थप २ जनाको मृत्यु भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। यसअघि राजधानीको सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको थियो ।

पूरा पढ्नुहोस्

जेन-जी आन्दोलनले भन्यो: विध्वंस र हिंसात्मक गतिविधिमा संलग्नहरू हाम्रा होइनन्

काठमाडौँ । निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेर आगजनी गर्न थालेपछि जेन-जीको प्रदर्शन संयोजन गरिरहेकाहरूले ती आन्दाेलनकारी आफूहरूसँग सम्बन्धित नभएको बताएको छ। उनीहरूले घुसपैठको आशंका गरेका हुन्। सोमबार दिउँसो आन्दोलनको व्यवस्थापनमा सहभागी प्रदीप ज्ञवालीले यो आन्दोलनमा विध्वंस र हिंसात्मक गतिविधि गर्नेहरू आफ्ना प्रतिनिधि नरहेको बताएका छन्। ‘विध्वंस वा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरू हाम्रो हिस्सा होइनन्,’ […]

पूरा पढ्नुहोस्

जेन-जीद्वारा भरतपुर महानगरपालिकामा तोडफोड

चितवन । जेन-जीको आन्दोलनका क्रममा चितवनको भरतपुर तनावग्रस्त बनेको छ । आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । भरतपुरमा भेला भएका केही आन्दोलनकारीले ढुंगामुढा सुरु गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ । प्रहरीका तर्फबाट अश्रुग्यास समेत प्रहार गरिएको छ । प्रदर्शनकारीहरु महानगरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए ।

पूरा पढ्नुहोस्