Tag: दुर्घटना
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरमा ट्रकको ठक्करबाट आज साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु–७ चोरमाराको उकालोमा नारायणघाटबाट भैरहवातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ७१६४ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको ना ३४ प १२८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१५ का ३६ वर्षीय लोक बहादुर […]
पूरा पढ्नुहोस्
भरतपुरमा भएको बस दुर्घटनामा ३३ जना घाइते
चितवन । गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको छ । घाइते सबैको अवस्था सामान्य छ । दुर्घटनाका कारण केही समय […]
पूरा पढ्नुहोस्
दुर्घटना न्यूनीकरण गर्न चालक सचेतना कार्यक्रम
नवलपुर । नवलपुरको भित्री सडकखण्डमा सवारीसाधनको दुर्घटना बढी भएपछि ट्राफिक प्रहरीले चालक सचेतना कार्यक्रम सुरु गरेको छ । तिहारको समयमा जिल्लाको भित्री सडकखण्डमा बढी दुर्घटना भएको हुनेको दुर्घटना न्यूनीकरण गर्न चालक सचेतना कार्यक्रम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद प्रसाद जोशीले शहरी क्षेत्रको भित्री सडकमा […]
पूरा पढ्नुहोस्
बालिकालाई ठक्कर दिएको प्रदेशमन्त्रीको गाडी नरोकी हुइँकियो
ललितपुर । शनिबार बिहान ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार सरकारी गाडीले एक बालिकालाई ठक्कर दिएको सिसिटिभी फुटेज सार्वजनिक भएपछि नागरिक समाजमा आक्रोश फैलिएको छ । आज बिहान सवा ७ बजे ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मुख्य सडकमा को १ झ ६९९ नम्बरको गाडीले बाटो काट्न लागेकी […]
पूरा पढ्नुहोस्
नवलपुरमा कन्टेनर र ट्रक ठोक्किदा एक जनाको मृत्यु, दुई जना घाइते
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गयराति कन्टेनर र ट्रक एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी थप दुई जना घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालकाअनुसार बुटवलतर्फ जाँदै गरेको ना२क ११९ नम्बरको कन्टेनर र नारायणघाटतर्फ जाँदै गरेको प्र २ ०३००१ ख ४०५६ […]
पूरा पढ्नुहोस्
गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते
गोरखा । काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको […]
पूरा पढ्नुहोस्



