आर्थिक
दसैँका लागि नारायणघाट झारियो खसीबोका र च्याङ्ग्रा
चितवन । दसैँ नजिकिएसँगै पहाडी जिल्ला तथा दुर्गम भेगबाट खसीबोका, भेडा र च्याङ्ग्रा लिएर नारायणघाट झर्ने किसान तथा व्यापारीको चहलपहल निकै बढेको छ । चितवनका पहाडी बस्तीका किसानसमेत आफूले पालेका खसीबोका बिक्री गर्न बजार झरेका छन् । भारतबाट आउने खसीबोकाको आपूर्ति घट्नु, ढुवानी खर्च बढ्नु र बजारको माग उच्च हुनुका कारण यस वर्ष गत वर्षको […]
पूरा पढ्नुहोस्
प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले कुण्डका संरचनामा क्षति पु¥याएको थियो । म्याग्दी नदीको किनारमा रहेको कुण्डमा हिलो, बालुवा र गेग्रान थुप्रिएपछि स्नान सेवा बन्द गरिएको थियो । मुख्य पोखरी र […]
पूरा पढ्नुहोस्
कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग
वालिङ । स्याङ्जाको वालिङ-१ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ । गण्डकी प्रदेशका एघार जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पहिलो पटक धान काट्ने अत्याधुनिक मेसिनको प्रयोग थालेको हो । पछिल्लो समय कृषि क्षेत्रमा लागत बढ्दै गएकाले त्यसलाई कम गर्न आधुनिक प्रविधि भित्र्याउनुपरेको कार्यालय प्रमुख सुदीप […]
पूरा पढ्नुहोस्
नवलपुर र तनहुँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
दमौली । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज ११ गतेको बाढीले बगाएको थियो । नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि […]
पूरा पढ्नुहोस्
दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त
बाजुरा । दसैँ सुरु भएसँगै बाजुराको सदरमुकामसहित विभिन्न बजार तथा गाउँघरमा चहलपहल बढ्न थालेको छ । विभिन्न कामकाजका लागि बाहिरिएका गाउँ फर्कने तथा दसैँका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण बजार आउन थालेपछि चहलपहल झन् बढ्न थालेको हो । विशेषगरी सदरमुकाम मार्तडीसहित कोल्टी, बाम्का, पिलुचौर, बेतालमाण्डौ, धुलाचौरलगायत जिल्लाका विभिन्न बजारमा व्यापारिक गतिविधि बढेको छ । […]
पूरा पढ्नुहोस्
साँझपख झनै चम्कन्छ भानुचोक
सुनसरी । चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने सर्वसाधारणको चहलपहलले थप रौनकपूर्ण बन्छ । खोटाङ, भोजपुर, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर र झापालगायतका जिल्लातर्फ जाने आउने यात्रुको आवतजावतले दिनभर व्यस्त रहने भानुचोकमा साँझपख फरक दृश्य देखिन्छ । ठूला सवारीसाधनको चाप घट्दै […]
पूरा पढ्नुहोस्
त्रिवेणीको गजेन्द्रमोक्ष धाममा एक महिने विराट महायज्ञ हुँदै
नवलपुर । नवलपुरको पवित्र तीर्थस्थल त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा आगामी मङ्सिर १ गतेदेखि एक महिने ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुने भएको छ । अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को पावन सत्सङ्कल्पमा हुने महायज्ञ मङ्सिर २९ गतेसम्म हुने जनाइएको छ । महायज्ञ मार्फत सनातन धर्म, वैदिक सभ्यता, संस्कार, संस्कृति तथा आध्यात्मिक […]
पूरा पढ्नुहोस्
जिल्ला दुग्ध उत्पादक सहकारी संघमा पुनः बगालेको नेतृत्व
चितवन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अध्यक्षमा पुनः किशोर बगाले सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा रामेश्वरसिंह ओली, सचिवमा कल्याण अधिकारी र कोषाध्यक्षमा शिवप्रसाद पौडेल सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै निर्वाचन समितिका संयोजक वामदेव अधिकारीका अनुसार सदस्यहरूमा युवराज थापा, श्यामचन्द्र रैला, कल्पना आचार्य, कोपिला दाहाल र किशोर पौडेल […]
पूरा पढ्नुहोस्
संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि लागू हुनेगरी गर्भवतीलाई अस्पतालसम्म पुर्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । गर्भवतीलाई सहजरुपमा अस्पतालसम्म पुर्याएर सुरक्षित रुपमा सुत्केरी गराउनका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका सूचना अधिकारी एवम् स्वास्थ्य शाखा […]
पूरा पढ्नुहोस्
‘अण्डा पूर्णरुपमा सुरक्षित खाद्य पदार्थ’
चितवन । मानव स्वास्थ्यका लागि अत्यावश्यक खाद्य पदार्थ अण्डा पूर्णरुपमा सुरक्षित भएको सरोकारवालाहरुले बताएका छन् । विश्व अण्डा दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा पोषणविद् तथा चिकित्सकहरुले अण्डा पूर्णरुपमा सुरक्षित खाद्य पदार्थ भएको बताएका हुन् । कार्यक्रममा वरिष्ठ पोषणविद् डा दिनेश गौतमले अण्डामा कुनै पनि प्रकारको हर्मोन तथा एन्टिवायोटिक प्रयोग नहुने बताए । ‘नेपालमा अण्डा […]
पूरा पढ्नुहोस्



