चितवन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अध्यक्षमा पुनः किशोर बगाले सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा रामेश्वरसिंह ओली, सचिवमा कल्याण अधिकारी र कोषाध्यक्षमा शिवप्रसाद पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै निर्वाचन समितिका संयोजक वामदेव अधिकारीका अनुसार सदस्यहरूमा युवराज थापा, श्यामचन्द्र रैला, कल्पना आचार्य, कोपिला दाहाल र किशोर पौडेल निर्वाचित हुनुभएको छ । त्यसैगरी, लेखा सुपरीवेक्षण समितिको संयोजकमा कृष्णप्रसाद भण्डारी चयन हुनुभएको छ । समितिका सदस्यमा बलराम अधिकारी र तेजकुमारी काफ्ले रहनुभएको छ ।
अध्यक्षमा निर्वाचित बगालेले चितवनको दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता जनाउनुभयो । बगालेले संघले सन् २०८७ सम्मका लागि योजना तयार गरिसकेको जानकारी दिँदै दुग्ध क्षेत्रको विकासका लागि थप रणनीतिक काम गर्ने बताउनुभयो ।





प्रतिकृया दिनुहोस्