१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

संस्कृति संरक्षणसँगै सामाजिक काममा जुटे स्थानीय

नवलपुर । नवलपुरको गैँडाकोटका स्थानीयहरु संस्कृति संरक्षणसँगै सामाजिक काममा सक्रिय भएर जुटेका छन् । आत्म कल्याण भजनकीर्तन परिवार निर्माण गरेर स्थानीयले साँझमा दैनिक भजनसँगै सङ्कलन भएको रकमबाट सामाजिक काम गर्दै आएका हुन् । विसं २०७९ पुसमा गैँडाकोट–१ मिलनटोलबाट सुरुआत भएको कीर्तन अहिले वडा नम्बर १ र २ मा विस्तार भएको छ । खाली समय यत्तिकै […]

पूरा पढ्नुहोस्

प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले कुण्डका संरचनामा क्षति पु¥याएको थियो । म्याग्दी नदीको किनारमा रहेको कुण्डमा हिलो, बालुवा र गेग्रान थुप्रिएपछि स्नान सेवा बन्द गरिएको थियो । मुख्य पोखरी र […]

पूरा पढ्नुहोस्

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

वालिङ । स्याङ्जाको वालिङ-१ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ । गण्डकी प्रदेशका एघार जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पहिलो पटक धान काट्ने अत्याधुनिक मेसिनको प्रयोग थालेको हो । पछिल्लो समय कृषि क्षेत्रमा लागत बढ्दै गएकाले त्यसलाई कम गर्न आधुनिक प्रविधि भित्र्याउनुपरेको कार्यालय प्रमुख सुदीप […]

पूरा पढ्नुहोस्

नवलपुर र तनहुँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

दमौली । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज ११ गतेको बाढीले बगाएको थियो । नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि […]

पूरा पढ्नुहोस्

लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

लमजुङ । बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । समयसँगै पूजाको सङ्कल्प फेरिए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि र परम्परा भने निरन्तर छ । मुख्य पुजारी सोमराज बरालका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म गरिने विशेष पूजामा जनताको कल्याणको कामना गर्दै सङ्कल्प गरिन्छ । “पहिले राजाको भलो […]

पूरा पढ्नुहोस्

नवलपुरमा पहिलोपटक गर्भ जाँच गराउने गर्भवतीहरु बढे

नवलपुर । नवलपुरमा गर्भवती भएपछि पहिलो पटक गर्भ जाँच गराउने महिलाहरुको सङ्ख्या उल्लेख्य रुपमा बढ्दै गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो तीन वर्षको तथ्याङ्क अध्ययन गर्दा यो सङ्ख्या उल्लेख्य रुपमा बढ्दै गएको पाइएको हो । कार्यालय प्रमुख जनस्वास्थ्य प्रशासक केशव प्रसाद चापागाईंकाअनुसार आर्थिक वर्ष २०८२/०८३ मा गर्भवती भएका महिलाहरुमध्ये पहिलो पटक गर्भ […]

पूरा पढ्नुहोस्

अक्सफोर्ड कलेजमा दसैँको शुभकामनासँगै उत्कृष्ट शिक्षक, कर्मचारी पुरस्कृत

नवलपुर । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले नेपालीहरुको महान् चाड दसैँको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ । कलेजले आज शुभकामनासँगै वर्षभरीमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई सम्मानित गरेको कलेजका सूचना अधिकारी दीपक पराजुलीले जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा उत्कृष्ट प्राध्यापक, शिक्षक र कर्मचारी गरी १६ […]

पूरा पढ्नुहोस्

गैँडाकोट–२ मा लिङ्गे पिङ हाल्न वडा कार्यालयको सहयोग

नवलपुर । नेपालीहरुको महान् चाड दसैँमा लिङ्गे पिङ हाल्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका वडा नम्बर २ को कार्यालयले वडाका सम्पूर्ण टोल विकास संस्थालाई लिङ्गे पिङ हाल्नका लागि आर्थिक सहयोग गर्ने भएको हो । वडाध्यक्ष प्रकाश सापकोटाले लोप हुन लागेको लिङ्गे पिङको जगेर्ना गर्ने उद्देश्यले वडाभित्रका […]

पूरा पढ्नुहोस्

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौथो देवी […]

पूरा पढ्नुहोस्

त्रिवेणीको गजेन्द्रमोक्ष धाममा एक महिने विराट महायज्ञ हुँदै

नवलपुर । नवलपुरको पवित्र तीर्थस्थल त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा आगामी मङ्सिर १ गतेदेखि एक महिने ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुने भएको छ । अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को पावन सत्सङ्कल्पमा हुने महायज्ञ मङ्सिर २९ गतेसम्म हुने जनाइएको छ । महायज्ञ मार्फत सनातन धर्म, वैदिक सभ्यता, संस्कार, संस्कृति तथा आध्यात्मिक […]

पूरा पढ्नुहोस्