१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

गर्भवतीका लागि पोषण कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ, ३ भदौ । जिल्लाको व्यास नगरपालिकाद्वारा सञ्चालित ‘महिलासँग उपप्रमुख’अन्तर्गत गर्भवती महिला पोषण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बालबालिकालाई कुपोषणमुक्त र स्वस्थ बनाउने, नवजात शिशु र आमा दुवैको मृत्युदर घटाउने, स्वास्थ्य स्याहार र सुरक्षा उपलब्ध गराउने उद्देश्यले सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा २४३ जना गर्भवतीलाई पोषण प्रोत्साहन रकम […]

पूरा पढ्नुहोस्

सङ्कटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार

गोरखा, २ भदौ । ढिलो गरी वर्षा भएका कारण साउन महिना सकिन लाग्दा पनि गाउँले किसानहरुलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धानको रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षका चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा […]

पूरा पढ्नुहोस्

जापानिज इन्सेफ्लाइटिसबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपुर, २ भदौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–१ पतवारी निवासी ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । “जिल्लामा चालु आर्थिक वर्षमा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमध्ये एक जनाको निधन भएको छ”, […]

पूरा पढ्नुहोस्

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी, २ भदौ । हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल नौमती बाजा पार्क  क्षेत्र गन्तव्यमा समेटिएको छ । विगत छ वर्षयता प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गर्दै आएको क्लबले यस शृङ्खलामा ती गन्तव्यलाई समेटेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुुभयो । यस शृङ्खलाअन्तर्गत हेमजाको सुइखेतबाट हेम्जाकोट […]

पूरा पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक घटे

नवलपुर, १ भदौ । गत आर्थिक वर्ष २०८१/२०८२ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्नने पर्यटकको सङ्ख्या एक चौथाइले घटेको छ । कोरोना महामारीपछि विस्तारै उकासिँदै गएको चितवनको पर्यटन अघिल्लो वर्ष एक्कासि घटेको निकुञ्जको तथ्याङ्कमा उल्लेख गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/२०८२ मा घुम्न आउने पर्यटकको सङ्ख्या अघिल्लो आर्थिक वर्ष २०८०/२०८१ को तुलनामा […]

पूरा पढ्नुहोस्

मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता : तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौँ

तनहुँ, ३१ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताउनुभएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षण गर्दै उहाँले आयोजना निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । आयोजना निर्माणका क्रममा आइपर्ने समस्या समाधानका लागि प्रदेश सरकारले सहजीकरण गर्ने […]

पूरा पढ्नुहोस्

नवलपुरको गैँडाकोटमा निकालियो रोपाइँ जात्रा

नवलपुर, ३१ साउन । नवलपुरको गैँडाकोटमा नेवार समुदायले रोपाइँ जात्रा निकालेका छन् । संस्कृति संरक्षणसँगै पुस्तान्तरणका लागि रोपाइँ जात्रा निकालिएको नेवाः पुचः गैँडाकोटले जनाएको छ । जात्राको उद्घाटन गर्दै गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले नेवार समुदाय कला र संस्कृतिमा धनी रहेकाले संस्कृति संरक्षणमा समुदाय एकजुट हुनु प्रशंसनीय काम भएको बताउनुभयो । नगरभित्रका समुदायले मनाउने कला […]

पूरा पढ्नुहोस्

आज दमौलीमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा रथयात्रा

तनहुँ, ३१ साउन । श्रीकृष्ण जन्माष्टमीको अवसरमा नेपाल अन्तरराष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) तनहुँले आज दमौलीमा आज रथयात्रा निकालेको छ । समुदायमा धार्मिक भावना अभिवृद्धि गर्ने, संस्कृति जगेर्ना गर्ने र सामाजिक एकता कायम गर्ने उद्देश्यका साथ रथयात्रा निकालिएको इस्कोन तनहुँका प्रमुख निरन्तर दासले जानकारी दिनुभयो । इस्कोन तनहुँले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज झाँकी प्रदर्शन, भजन […]

पूरा पढ्नुहोस्

नवलपुरको गैँडाकोटस्थित राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

नवलपुर, ३१ साउन । नवलपुरको गैँडाकोट–५ मा रहेको राधाकृष्ण मन्दिरमा अखण्ड कीर्तन सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा मन्दिरमा आज बिहान ९ बजेबाट १२ घण्टे अखण्ड कीर्तन सुरु भएको हो । राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खिमलाल सापकोटाले मन्दिरमा विगतका वर्षहरुदेखि नै अखण्ड हरिकीर्तन हुँदै आएको जानकारी दिनुभयो । धर्मसंस्कृति संरक्षण र प्रवद्र्धन […]

पूरा पढ्नुहोस्