१० कार्तिक २०८३, मङ्गलबार

रोचक

दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो […]

पूरा पढ्नुहोस्

नेपालमा बाघको सङ्ख्या ४२९, चितवनमा सबैभन्दा धेरै

काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सार्वजनिक गर्नुभएको २०८२ को गणनाअनुसार कुल बाघको सङ्ख्या मुलुकभर ४२९ पुगेको हो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दिया राष्ट्रिय […]

पूरा पढ्नुहोस्

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) गरी रेडियो कलर लगाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्ट गरी घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ । त्यसपछि दाह्रा काटेर छाडिएको […]

पूरा पढ्नुहोस्

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिकाभित्र रहेका विद्यालय अहिले आविष्कार र उत्पादनसँग जोडिँदै गएका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रममार्फत नगरभित्रका २३ विद्यालयमा विभिन्न नवप्रवर्तनात्मक तथा उत्पादनमुखी परियोजना सञ्चालन गरिएका छन् । कार्यक्रमले विद्यालय शिक्षालाई कक्षाकोठाबाट उत्पादन, अनुसन्धान र प्रयोगसँग जोड्ने […]

पूरा पढ्नुहोस्

अभिनेता खड्काद्वारा भरतपुरमा १८ डी सिनेमाको उद्घाटन

चितवन । नेपाली सिनेमाका लोकप्रिय अभिनेता प्रदीप खड्काले रामनवमीको अवसरमा चितवनमा १८ डी सिनेमाको उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा १८ डीको अनुभव लिँदै अभिनेता खड्काले चितवन जस्तो पर्यटकीय गन्तव्यमा यस्तो आधुनिक प्रविधियुक्त सिनेमा थपिनु सकारात्मक भएको बताए । उनले सगरमाथा, रारा ताल लगायतका पर्यटकीय स्थललाई यस्तै प्रविधि मार्फत विश्वसामु प्रस्तुत गर्न सके पर्यटन प्रवर्द्धनमा […]

पूरा पढ्नुहोस्

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

म्याग्दी । कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपाली दोस्रो पटक आउनुभएको छ । “यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि निको भएको ग्यास्ट्रिकको समस्या दोहोरिन नदिन यसपाली पनि आएको हो,” उहाँले भन्नुभयो “तातोपानीमा शरिर डुबाउने र पानी सेवन गर्नाले स्वास्थ्यलाई फाइदा गरेको महशुस गरेको छु ।” धवलागिरी गाउँपालिका–३ मुनाका […]

पूरा पढ्नुहोस्

विजय मल्ल शताब्दी महोत्सव मनाइयो

काठमाडौँ । नइ एकेडेमीले शनिबार नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सव मनाएको छ । त्यस अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको संवर्द्धनमा उल्लेखनीय योगदानका लागि ४६ प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रकर्मीलाई विजय मल्ल नइ शताब्दी पुरस्कार र पदकबाट विभूषित गरिएको थियो । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँले समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई ‘विजय मल्ल […]

पूरा पढ्नुहोस्

नेपाली सेनालाई पाकिस्तानी आर्मी टिम स्पिरिट प्रतियोगिता स्वर्ण पदक

नवलपुर । नेपाली सेनाले पाकिस्तानी आर्मी टिम स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेको छ । पाकिस्तानमा सञ्चालन भएको नवौं पाकिस्तानी आर्मी टिम स्पिरिट प्रतियोगितामा १७ राष्ट्रका ३८ टोली सहभागी थिए । माघ २२ देखि २४ गतेसम्म चलेको प्रतियोगितामा नेपाली सेनाको टोली पहिलो हुँदै स्वर्ण पदक जितेको हो । सैन्य अभ्यासमा सहभागी टोलीहरुबीच शारीरिक सहिष्णुता, मानसिक दृढता, […]

पूरा पढ्नुहोस्

नेपालमा नै पहिलोपटक सालक सम्मेलन

चितवन । नेपालमा पहिलोपटक सालक सम्मेलन गरिने भएको छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा यही माघ २६ गते सालक सम्मेलन गर्न लागिएको हो । डिभिजन वन कार्यालयको संयोजनमा माडीमा सालक सम्मेलन गर्न लागिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार बागमती प्रदेशभित्रका डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, […]

पूरा पढ्नुहोस्

आज काठमाडौँ उपत्यकमा इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा […]

पूरा पढ्नुहोस्