२८ माघ २०८२, बुधबार ०७:२७
नवलपुर । नेपाली सेनाले पाकिस्तानी आर्मी टिम स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेको छ ।
पाकिस्तानमा सञ्चालन भएको नवौं पाकिस्तानी आर्मी टिम स्पिरिट प्रतियोगितामा १७ राष्ट्रका ३८ टोली सहभागी थिए । माघ २२ देखि २४ गतेसम्म चलेको प्रतियोगितामा नेपाली सेनाको टोली पहिलो हुँदै स्वर्ण पदक जितेको हो ।
सैन्य अभ्यासमा सहभागी टोलीहरुबीच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान र रण कौशललगायत दक्षताहरु परीक्षण गरिएको थियो ।
सन् २०१६ बाट वार्षिक रुपमा सञ्चालन हुँदै आएको अन्तराष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले यसअघि सन् २०२५ र २०२२ मा पनि स्वर्ण पदक जितेको थियो ।





प्रतिकृया दिनुहोस्