Tag: गैँडाकोट महोत्सव
गैँडाकोट महोत्सवमा आज अर्जुन सापकोटासहितको प्रस्तुती
नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज चर्चित गायक अर्जुन सापकोटासहितका कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आज मंगलबार महोत्सवको सांस्कृतिक कार्यक्रममा सापकोटासहित सपना रोक्का, भरत क्षेत्रीको सँंस्कृतिक प्रस्तुती रहने छ । आजको कार्यक्रम सञ्चालन गायक तथा उद्घोषक दीपक खड्काले गर्ने लम्सालले बताए । […]
पूरा पढ्नुहोस्
गैँडाकोट महोत्सवको ५० हजार दर्शकद्वारा अवलोकन
नवलपुर । नवलपुरको गैँडकोटस्थित नारायणी नदी किनारमा सञ्चालित चौथो गैँडाकोट महोत्सवको ५० हजार दर्शकले अवलोकन गरेका छन् । पुस २५ देखि आजसम्म ५० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । महोत्सव अवलोकनका लागि आउने दर्शकको संख्या उल्लेख्य रहेको भन्दै सापकोटाले सोमबारमात्रै सात हजार भन्दा बढी दर्शकले […]
पूरा पढ्नुहोस्
गैँडाकोट महोत्सवमा आज चर्चित गायक हिमाल सागरसहितको प्रस्तुती
नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालित चौथो गैँडाकोट महोत्सवमा आज हिमाल सागरसहितका चर्चित कलाकारहरु आउने भएका छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार आज सोमबार महोत्सवमा हिमाल सागर सहित कलाकारहरु श्यामकला भण्डारी, शिव हमाल र दीपक खड्काको प्रस्तुती रहनेछ । त्यसैगरी, स्थानीय कला र संस्कृति प्रवर्द्धन गर्न आयोजना गरिएको भजन प्रतियोगितामा सञ्चालन […]
पूरा पढ्नुहोस्
गैँडाकोट महोत्सवमा गायिका समीक्षा अधिकारीको प्रस्तुती रहने
नवलपुर । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज गायिका समीक्षा अधिकारीसहितका कलाकारको प्रस्तुती रहने जनाइएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर खनालकाअनुसार आज आइतबार सांस्कृतिक कार्यक्रममा समीक्षा अधिकारीसहित सरिता गुरुङ, दीपक खड्का एवम् आरसी पौडेलको प्रस्तुती रहनेछ । महोत्सवमा धर्म र संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय भजन प्रतियोगितासमेत […]
पूरा पढ्नुहोस्
गैँडाकोट महोत्सवमा जलपरीको आकर्षणः नगरप्रमुख अधिकारीद्वारा उद्घाटन
नवलपुर । चौथो संस्करणमा गैँडाकोट महोत्सवको आकर्षणको रुपमा रहेको जलपरीको आज उद्घाटन गरिएको छ । गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले आज जलपरी राखिएको डोमको उद्घाटन गरेका हुन् । जलपरी डोमको उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले यो अद्भूत दृश्य हेर्न आउन सबै नागरिकलाई आग्रह गरेका छन् । महोत्सवमा राखिने जलपरी यहाँको लागि नौलो भएको भन्दै नगरप्रमुख अधिकारीले […]
पूरा पढ्नुहोस्
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
नवलपुर । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा सुरु भएको चौथो संस्करणको गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतसहितका कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आज शनिबार महोत्सवको सांस्कृतिक कार्यक्रमको आकर्षणको रुपमा लोकप्रिय गायक प्रकाश सपूतसहित गायिका सीता राजना, गायक तथा प्रस्तोता दीपक खड्का र सन्तोष सुवेदीलगायत स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको […]
पूरा पढ्नुहोस्
पुस २५ देखि नारायणी नदीकिनारमा गैँडाकोट महोत्सव हुँदै
नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा आगामी पुस २५ गतेदेखि चौँथो संस्करणको गैँडाकोट महोत्सव हुने भएको छ । जिल्ला उद्योग वाणिज्य संघ नवलपुर, गैँडाकोटले आयोजना गर्न लागेको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आयोजक जिल्ला उद्योग वाणिज्य संघका अनुसार महोत्सवले स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन र […]
पूरा पढ्नुहोस्



