राजनीति
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज सम्बोधन गर्दै उहाँले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै हिमालय क्षेत्र पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको बताउनुभो । प्रस्तावित संयन्त्रमार्फत […]
पूरा पढ्नुहोस्
नेपालको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो
काठमाडौँ । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण दायित्व मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ प्रतिशत नाँघेको हो । कार्यालयका अनुसार आन्तरिकतर्फ रु १३ खर्ब ६१ अर्ब ८७ […]
पूरा पढ्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै
काठमाडौँ । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ः०० बजे हुने भएको छ । पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
पूर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वदेश फिर्ता
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै पाँच महिना लामो स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्कनुभएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सख्त घाइते हुनुभएका उहाँ पाँच महिनाअघि स्वास्थ्य उपचारका लागि सिङ्गापुर हुँदै हङकङ पुग्नुभएको थियो । स्वास्थ्य उपचार सकेर पूर्व प्रधानमन्त्री देउवा आज दिउँसो काठमाडौँ आइपुग्नुभएको […]
पूरा पढ्नुहोस्
रास्वपाको मतदान सम्पन्न
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार गएराति १२ः०० बजे सुरु भएको मतदान अहिले दिउँसो १२ः३० बजे सम्पन्न भएको हो । रास्वपा चितवनका सभापति मिनीमाधव खनालका अनुसार महाधिवेशनमा चार हजार १०० प्रतिनिधि रहेकामा दुई हजार ९५० मत खसेको अनुमान गरिएको छ । […]
पूरा पढ्नुहोस्
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री
चितवन । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले सञ्चारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो । “आम सञ्चारकर्मी मित्रहरूले आफूलाई आफैँले सोध्नुपर्ने प्रश्न के हो भने हामीमाथि जनताको विश्वास छ कि छैन ?” उहाँले भन्नुभयो । आफ्नो भूमिका र जिम्मेवारीबारे […]
पूरा पढ्नुहोस्
रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेसँगै महाधिवेशनस्थल परिसरमा प्रचारप्रसारले तीव्रता पाएको छ । रास्वपाको सदस्य पदका लागि पहिलो चरणमा हुनगइरहेको निर्वाचनमा उम्मेदवारी दिने नेता एवं तिनका प्रस्तावक, समर्थक, शुभेच्छुक र कार्यकर्ताहरू आज बिहानैदेखि आआफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् । अत्यधिक गर्मीका बाबजुत उम्मेदवारी घाषणा गर्नुहुने नेपाल सरकारका मन्त्रीसहित […]
पूरा पढ्नुहोस्
तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण
चितवन । भरतपुर–माडी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकको आज तीन जना मन्त्रीले निरीक्षण गर्नुभएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकको स्थलगत निरीक्षण गर्नुभएको हो । सडकमा सवारी आवतजावतलाई सहज बनाउनका लागि तत्कालका लागि डिविएसटी पिच गर्ने र दीर्घकालीन रुपमा समस्या […]
पूरा पढ्नुहोस्
भोलिसम्मका लागि रास्वपाको बन्दसत्र स्थगित
चितवन । चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन बन्दसत्र भोलि मंगलबार बिहानसम्मका लागि स्थगित गरिएको छ । रास्वपाको निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार बिहानैदेखि बन्दसत्र सुरु गर्ने तालिका भए पनि महाधिवेशन प्रतिनिधिमा रहेको विवाद टुंगिन नसक्दा मंगलबारसम्मका लागि बन्दसत्र स्थगित गरिएको हो । भोलि मंगलबार बिहान आठ बजेबाट बन्दसत्र […]
पूरा पढ्नुहोस्
रास्वपाको वरिष्ठ नेता पदमा चुनाव नहुने, वालेनलाई स्वत: केन्द्रीय सदस्य पनि
चितवन । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा भने चुनाव नहुने भएको छ । फागुन २१ को चुनावअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पार्टीमा समाहित गर्न उक्त पद सिर्जना गरिएको थियो । त्यति बेला विधानमा वरिष्ठ नेता पद नभए पनि पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा प्रस्तावित विधान संशोधन गरेर […]
पूरा पढ्नुहोस्



