राजनीति
लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय सङ्घीय समितिमा लैजाने
लुम्बिनी ६, भदौ । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ११ बुँदे प्रस्ताव स्वीकृत गरी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश राजधानी देउखुरी, दाङमा आज बसेको बैठकले प्रदेशको विकाससँग सम्बन्धित प्रमुख विषयहरू सङ्घीयस्तरमा उठाउने निर्णय गरेको हो । बैठकले ढुङ्गा, गिट्टी, बालुवाबाट प्राप्त […]
पूरा पढ्नुहोस्
सुशासन कायम गर्ने अभियानमा छौँ : अध्यक्ष दाहाल
कास्की, ६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासन कायम गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताउनुभएको छ । तीजका अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आजदेखि सुरु भएको ऐतिहासिक टुँडिखेल तीज महोत्सवको तेस्रो संस्करण उद्घाटन गर्दै उहाँले आफू सरकारमा रहँदा सुशासन अभियान सुरु गरेको र अहिले पनि […]
पूरा पढ्नुहोस्
संविधान संशोधन गर्दा आदिवासी जनजातिको पहिचान भेटिने व्यवस्था मिलाउँछौँः सभापति देउवा
ललितपुर, ६ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा आदिवासी जनजातिको पहिचान भेटिने र पहिचानका लागि विद्यमान द्वन्द्व मेटिने व्यवस्था मिलाइने बताउनुभएको छ । कांग्रेसको आदिवासी जनजाति विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘आदिवासी जनजाति योद्धाहरू’ पुस्तक विमोचन कार्यक्रममा उहाँले नेपाली कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि प्रजातन्त्रका लागि आदिवासी जनजाति […]
पूरा पढ्नुहोस्
एमालेले कसैको सदस्यता खोसेको छैन : अध्यक्ष ओली
काठमाडौँ, ६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका साहसहितका नेता तथा कार्यकर्तालाई उहाँले एमाले पार्टीमा प्रवेश गराउनुभएको हो । सो अवसरमा आजपाका […]
पूरा पढ्नुहोस्
बजेटको कारण देखाउँदै ‘स्यालो ट्युबवेल’ वितरण कार्यक्रम रोकियो
धनुषा, ४ भदौ । ‘सुक्खा क्षेत्र सहयोग कार्यक्रम’ मार्फत मधेस प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई वितरण गर्ने भनिएको स्यालो ट्युबवेलका लागि बजेट अपुग हुने भएपछि हालका लागि कार्यक्रम स्थगित गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु १८ करोड बजेट विनियोजन गरी एक हजार २०० स्यालो ट्युबवेल वितरण गर्ने […]
पूरा पढ्नुहोस्
‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’
कर्णाली, ४ भदौ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताउनुभएको छ । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उहाँले प्रदेश स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूले देखाएको मार्गदर्शनलाई अपनाउँदै जनताको हित र अधिकार रक्षा हुनेगरी काम गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो […]
पूरा पढ्नुहोस्
‘सहकारी ऐन, २०७४ मा नमिलेका विषय संशोधनबाट मिलाइने’
काठमाडौँ, ३१ साउनः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ मा नमिलेका विषय मिलाउन ऐन संशोधन गरिनुपर्ने बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सहकारी ऐनमा नमिलेका विषयले यो क्षेत्रलाई व्यवस्थापन गर्न समस्या भएकाले ऐन संशोधनको […]
पूरा पढ्नुहोस्
इजरायल पुगेर विपिनकी आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्
प्यालेटिनीनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले बोलाएपछि उनीहरु सोमबार इजरायल प्रस्थान गरेका थिए । उनीहरुलाई इजरायलको तेलअविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि […]
पूरा पढ्नुहोस्



