१० कार्तिक २०८३, मङ्गलबार

स्वास्थ्य – जीवनशैली

प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले कुण्डका संरचनामा क्षति पु¥याएको थियो । म्याग्दी नदीको किनारमा रहेको कुण्डमा हिलो, बालुवा र गेग्रान थुप्रिएपछि स्नान सेवा बन्द गरिएको थियो । मुख्य पोखरी र […]

पूरा पढ्नुहोस्

नवलपुरमा पहिलोपटक गर्भ जाँच गराउने गर्भवतीहरु बढे

नवलपुर । नवलपुरमा गर्भवती भएपछि पहिलो पटक गर्भ जाँच गराउने महिलाहरुको सङ्ख्या उल्लेख्य रुपमा बढ्दै गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो तीन वर्षको तथ्याङ्क अध्ययन गर्दा यो सङ्ख्या उल्लेख्य रुपमा बढ्दै गएको पाइएको हो । कार्यालय प्रमुख जनस्वास्थ्य प्रशासक केशव प्रसाद चापागाईंकाअनुसार आर्थिक वर्ष २०८२/०८३ मा गर्भवती भएका महिलाहरुमध्ये पहिलो पटक गर्भ […]

पूरा पढ्नुहोस्

संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि लागू हुनेगरी गर्भवतीलाई अस्पतालसम्म पुर्‍याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । गर्भवतीलाई सहजरुपमा अस्पतालसम्म पुर्‍याएर सुरक्षित रुपमा सुत्केरी गराउनका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका सूचना अधिकारी एवम् स्वास्थ्य शाखा […]

पूरा पढ्नुहोस्

नारायणीबाट ल्याएको ‘वस्तु’ पड्किँदा दुई जना घाइते

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नारायणी नदीबाट ल्याएको अज्ञात ‘वस्तु’ पड्किँदा दुई जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु–३ ब्रम्हस्थानमा आज दिउँसो अज्ञात वस्तु पड्किँदा दुई जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी अनिल पण्डितकाअनुसार जिल्लाको अमलटारीस्थित नारायणी नदीमा भेटाएर स्थानीय एकासी बोटेले घर ल्याएको वस्तु पड्किएको हो […]

पूरा पढ्नुहोस्

‘अण्डा पूर्णरुपमा सुरक्षित खाद्य पदार्थ’

चितवन । मानव स्वास्थ्यका लागि अत्यावश्यक खाद्य पदार्थ अण्डा पूर्णरुपमा सुरक्षित भएको सरोकारवालाहरुले बताएका छन् । विश्व अण्डा दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा पोषणविद् तथा चिकित्सकहरुले अण्डा पूर्णरुपमा सुरक्षित खाद्य पदार्थ भएको बताएका हुन् । कार्यक्रममा वरिष्ठ पोषणविद् डा दिनेश गौतमले अण्डामा कुनै पनि प्रकारको हर्मोन तथा एन्टिवायोटिक प्रयोग नहुने बताए । ‘नेपालमा अण्डा […]

पूरा पढ्नुहोस्

आज विश्व अण्डा दिवसः चितवनमा ‘जुम्बा डान्स’ र ‘एग वाक’कार्यक्रम

चितवन । चितवनमा आज  ‘जुम्बा डान्स’ र ‘एग वाक’ कार्यक्रमको आयोजना गरिएको छ । विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक सङ्घ केन्द्रीय समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो । उद्योग सङ्घ चितवनको परिसरमा जुम्बा डान्स गरेर दिवसको शुभारम्भ गरिएको थियो । सो अवसरमा डिजे म्युजिकमा सहभागीले नृत्य प्रस्तुत गर्नुभएको थियो । एग वाकको चितवनका […]

पूरा पढ्नुहोस्

नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा गर्भपतन सेवा लिनेको सङ्ख्या घट्दै गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले उपलब्ध गराएको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार यस्तो सेवालिनेको सङ्ख्या घट्दै गएको हो । आर्थिक वर्ष २०८०/८१ मा एक हजार ७४७ जनाले सो सेवा लिनेमा आव २०८२/८३ मा यो सङ्ख्या घटेर एक हजार ४२३ मा पुगेको कार्यालय प्रमुख एवं […]

पूरा पढ्नुहोस्

चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल

बर्दिया । जिल्ला अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा सघन उपचारकक्ष (आइसीयू)को सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई उपचारका लागि नेपालगन्ज र कोहलपुरलगायतका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ । अस्पतालमा दैनिक औसतमा २५० जना बिरामी उपचारका लागि आउने गरे पनि आवश्यक जनशक्ति र आइसीयू सुविधा नहुँदा जटिल अवस्थाका बिरामीले समयमै उपचार पाउन कठिनाइ हुने गरेको छ […]

पूरा पढ्नुहोस्

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन । अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रुपमा मनाइरहेको छ । यस वर्षको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ । सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस […]

पूरा पढ्नुहोस्

दुई महिनामा जनावरको टोकाइबाट दुई हजार जना घाइते

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु पछिल्लो दुई महिनामा जनावरको टोकाइबाट दुई हजार भन्दा बढी नागरिक घाइते भएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अनुसार साउन र भदौमा गरी जिल्लामा दुई हजार ७७ जनालाई जनावरले टोकेको हो । कार्यालय प्रमुख एवम् जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईकाअनुसार जिल्लामा कुकुर, बिरालो, बाँदर, स्याललगायतका जनावरले टोकेर मानिस घाइते हुने […]

पूरा पढ्नुहोस्