१० कार्तिक २०८३, मङ्गलबार

बागमती प्रदेश

दसैँका लागि नारायणघाट झारियो खसीबोका र च्याङ्ग्रा

चितवन । दसैँ नजिकिएसँगै पहाडी जिल्ला तथा दुर्गम भेगबाट खसीबोका, भेडा र च्याङ्ग्रा लिएर नारायणघाट झर्ने किसान तथा व्यापारीको चहलपहल निकै बढेको छ । चितवनका पहाडी बस्तीका किसानसमेत आफूले पालेका खसीबोका बिक्री गर्न बजार झरेका छन् । भारतबाट आउने खसीबोकाको आपूर्ति घट्नु, ढुवानी खर्च बढ्नु र बजारको माग उच्च हुनुका कारण यस वर्ष गत वर्षको […]

पूरा पढ्नुहोस्

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौथो देवी […]

पूरा पढ्नुहोस्

जिल्ला दुग्ध उत्पादक सहकारी संघमा पुनः बगालेको नेतृत्व

चितवन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अध्यक्षमा पुनः किशोर बगाले सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा रामेश्वरसिंह ओली, सचिवमा कल्याण अधिकारी र कोषाध्यक्षमा शिवप्रसाद पौडेल सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै निर्वाचन समितिका संयोजक वामदेव अधिकारीका अनुसार सदस्यहरूमा युवराज थापा, श्यामचन्द्र रैला, कल्पना आचार्य, कोपिला दाहाल र किशोर पौडेल […]

पूरा पढ्नुहोस्

शिक्षा ऐनसँगै पाठ्यक्रम पनि परिमार्जन हुनुपर्नेमा जोड

चितवन । पाँच दशकभन्दा बढी समयपछि परिमार्जन हुन लागेको शिक्षा ऐनसँगै पाठ्यक्रमसमेत समयसापेक्ष बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सोमबार शिक्षा मन्त्रालयको साझेदारीमा भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा आयोजित शिक्षा संवाद–२ अन्तर्गत ‘शिक्षाका सरोकारवालाहरूसँग बागमती प्रदेशस्तरीय छलफल कार्यक्रम’का सहभागीहरूले शिक्षा ऐन विद्यार्थीकेन्द्रित, व्यावहारिक र गुणस्तरीय हुनुपर्ने बताएका हुन् । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, सामुदायिक तथा संस्थागत विद्यालयका […]

पूरा पढ्नुहोस्

‘अण्डा पूर्णरुपमा सुरक्षित खाद्य पदार्थ’

चितवन । मानव स्वास्थ्यका लागि अत्यावश्यक खाद्य पदार्थ अण्डा पूर्णरुपमा सुरक्षित भएको सरोकारवालाहरुले बताएका छन् । विश्व अण्डा दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा पोषणविद् तथा चिकित्सकहरुले अण्डा पूर्णरुपमा सुरक्षित खाद्य पदार्थ भएको बताएका हुन् । कार्यक्रममा वरिष्ठ पोषणविद् डा दिनेश गौतमले अण्डामा कुनै पनि प्रकारको हर्मोन तथा एन्टिवायोटिक प्रयोग नहुने बताए । ‘नेपालमा अण्डा […]

पूरा पढ्नुहोस्

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

चितवन । नारायणगढ बजारमा चाडपर्वका समयमा हुने भीडभाड र अव्यवस्थित गतिविधि नियन्त्रण गरी बजारलाई व्यवस्थित बनाउन गठित बजार व्यवस्थापन कार्यदल (टास्क फोर्स)  सक्रिय भएको छ । नारायणगढमा चाडपर्वका समयमा किनमेल गर्नेको चाप बढ्ने भएकाले बजार व्यवस्थापन, शान्ति–सुरक्षा, सवारी आवागमन तथा बजार अनुगमनलाई प्रभावकारी बनाउन टास्क फोर्सले सरोकारवाला निकायसँग समन्वय गरी काम अघि बढाएको हो । […]

पूरा पढ्नुहोस्

दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो […]

पूरा पढ्नुहोस्

गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि आज साँझदेखि सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै उक्त राजमार्ग भएर […]

पूरा पढ्नुहोस्

आज दिनभर झरी, शनिबारदेखि सुधार हुने

काठमाडौँ । देशका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ ।  शनिबारदेखि मौसममा क्रमशः सुधार हुने   नेपाल मौसम विज्ञान विभागले बताएको छ । मौसमविद् रोजन लामिछानेले भन्नुभयो, “अधिकांश स्थानमा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ । आज दिनभरी वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने शुक्रबार दिउँसो पुनः […]

पूरा पढ्नुहोस्

गैँडाको आक्रमणबाट घाइते घलेको मृत्यु

चितवन । चितवनमा गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५ फलेनीका ४२ वर्षीय भक्तबहादुर घलेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार असोज १४ गते बिहान करिब ५ बजेको समयमा घले […]

पूरा पढ्नुहोस्