बागमती प्रदेश
उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग
चितवन । चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् । नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेका हुन् । टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धनसहित तत्काल […]
पूरा पढ्नुहोस्
चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
सनद अधिकारी नारायणगढ । राप्ती नगरपालिका–११ को बेलडाँडा पुग्दा सडकमा खसेको पहिरोले बाटो छेकेको थियो । पहिरो पन्छाएर मोटर गुड्ने बाटो बनाउने प्रयास भइरहेको थियो । एकातिर भिर, अर्कोतिर लोथर खोला । पहिरोले सडकको भाग बगाएको ठाउँबाट पारि जानुपर्ने अवस्था थियो । तल हेर्दा करिब ५०० मिटरभन्दा बढी छाँगाछुर भिर देखिन्थ्यो । न समाउने ठाउँ […]
पूरा पढ्नुहोस्
विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम
चितवन । अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रुपमा मनाइरहेको छ । यस वर्षको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ । सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस […]
पूरा पढ्नुहोस्
मगर विद्यार्थी संघ चितवनद्वारा १० लाख रुपैयाँको अक्षयकोष स्थापना
चितवन । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनले आफ्नो लक्ष्य अनुसार अक्षयकोषमा रकम संकलन गरेको छ । चितवन जिल्ला र यससँग जोडिएका छिमेकी जिल्लाका स्थानीय तहमा रहेका विपन्न, जेहेन्दर तथा अशक्त मगर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले २०७५ सालमा सुरु गरिएको अक्षयकोषमा संघले लक्ष्य अनुसार १० लाख सात हजार ६८० रुपैयाँ रकम संकलन गरेको आइतबार […]
पूरा पढ्नुहोस्
‘ईभी’मा आगलागीको घटना तुलनात्मक रुपमा थोरै हुने दाबी
चितवन । विद्युतीय गाडी (ईभी)मा हुने आगलागीको घटना अन्य गाडीहरुको तुलनामा थोरै हुने गरेको सरोकारवालाहरुले बताएका छन् । चितवन अटोमोबाइल डिलर्स एशोसिएसन (काडा)ले शनिबार नारायणघाटमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले समुदायमा हल्ला भएको जस्तो ईभीमा आगलागीको घटना धेरै नहुने गरेको बताएका हुन् । विद्युतीय सवारीसाधन सचेतना तथा जनचेतनामूलक कार्यक्रममा बोल्दै काडाका अध्यक्ष इन्द्रप्रसाद रेग्मीले समुदायमा विद्युतीय […]
पूरा पढ्नुहोस्
दुर्लभ रक्त समुदाय चितवनमा राजमणि नेपालको नेतृत्व
चितवन । नेपाल दुर्लभ रक्त समुदाय चितवनमा राजमणि नेपालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । शनिबार भरतपुरमा भएको संस्थाको १६औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनबाट संस्थाको उपाध्यक्षमा विजय अधिकारी, सचिवमा दीपेन्द्र पौडेल, कोषाध्यक्षमा आमोध सुवेदी र सहसचिवमा कृष्टी सापकोटा निर्वाचित भएका छन् । त्यस्तैगरी, कार्यसमिति सदस्यहरूमा रामचन्द्र हुमागाई, प्रमिलादेवी पाण्डे, गोविन्द […]
पूरा पढ्नुहोस्
धानबालीमा रोग–कीराको समस्या हुँदा किसान चिन्तित
नारायणगढ . चितवनमा पछिल्लो समय धानबालीमा रोग तथा कीराको समस्या बढ्दै गएपछि किसानसम्म वैज्ञानिक प्रविधि, नयाँ अनुसन्धान र प्रभावकारी व्यवस्थापन विधि पु¥याउन अनुसन्धान, प्रसार तथा शिक्षाबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । कृषि विकास कार्यालय चितवनले शुक्रबार आयोजना गरेको कृषि प्रविधि, रोग–कीरा व्यवस्थापन तथा त्रिपक्षीय समन्वय गोष्ठीमा सहभागी वैज्ञानिक, प्राध्यापक, कृषि प्राविधिक तथा […]
पूरा पढ्नुहोस्
‘निःशुल्क शिक्षा कार्यान्वयनका लागि साझा प्रयास अपरिहार्य’
– कमल के.सी. चितवन । सरकारले घोषणा गरेको निःशुल्क शिक्षा अभियान सरकारी प्रयासले मात्र सम्भव नहुने तथ्यमाथि जोड दिइएको छ । मङ्गलबार अङ्कुरम् एकेडेमीमा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाको प्रमुखआतिथ्यतामा आयोजित ‘शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको अन्तक्रिया तथा छलफल कार्यक्रम’मा सो तथ्यमाथि जोड दिइएको हो । शिक्षा विकास तथा […]
पूरा पढ्नुहोस्
नारायणीको पुलमा सवारीसाधन सञ्चालनमा रोक, पानीको सतह १२ मिटर नजिक
नवलपुर । नारायणी नदीमा हालसम्मकै सबैभन्दा ठूलो बाढी आएपछि नारायणी नदीमा निर्माण भएको पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा निर्मित पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । आज दिउँसो १ः१५ बजेबाट १ः४० बजेसम्म पुलमा पूर्णरुपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएकोमा […]
पूरा पढ्नुहोस्
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन । निरन्तरको वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेको छ । पृथ्वी राजमार्गका दुई स्थानमा पहिरो खसेको छ । पहिरो पन्छाएर यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।
पूरा पढ्नुहोस्



