बागमती प्रदेश
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
काठमाडौँ । भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डका सडक अवरुद्ध भएका छन् । यही असोज ८ गतेदेखि भएको वर्षाका कारण बाढी तथा पहिरो जाँदा पृथ्वीराजमार्गसहित मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डको सडक अवरुद्ध भएका सडक विभागले आजएक सूचना जारी गरी जनाएको छ । पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने […]
पूरा पढ्नुहोस्
दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु
चितवन । चितवनमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत साउन र भदौमा भएका ती दुर्घटनामा ८७ जना घाइते भएका छन् । साउनमा २३ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने ६० घाइते भएका थिए । […]
पूरा पढ्नुहोस्
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द
चितवन । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सडक बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ः०० बजेदेखि आज बिहान ५ः०० बजेसम्म ती राजमार्गमा सवारी आवागमन रोकिएकामा निरन्तर वर्षा […]
पूरा पढ्नुहोस्
पृथ्वी राजमार्ग भासियो, ठूला सवारीसाधन सञ्चालनमा समस्या
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन काठमाडौँ सडकखण्डको इच्छाकामना-४ स्थित धारापानीमा सडक भासिएको छ । सडक भासिएपछि साना सवारी साधन र मोटरसाइकल सञ्चालनमा आए पनि ठूला सवारीवरसाधन सञ्चालन नहुने चितवन प्रहरीले जनाएको छ । उक्त स्थानमा गत भदौ ३१ समेत बाटो भासिंदा सडक एकतर्फि भएको थियो । सोही एकतर्फि सडकमा आज बिहान करिब ६ बजेको […]
पूरा पढ्नुहोस्
अविरल वर्षाको जोखिमका कारण शुक्रबार चितवनका विद्यालयमा विदा
चितवन । चितवनका ७ वटै स्थानीय तहहरुले भोलि (शुक्रबार) एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि तीन दिनसम्म भारी वर्षा हुने अनुमान गर्दै सतर्कता अपनाउन अनुरोध गरेपछि चितवनका सबै पालिकाहरुले एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, […]
पूरा पढ्नुहोस्
नेपालको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो
काठमाडौँ । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण दायित्व मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ प्रतिशत नाँघेको हो । कार्यालयका अनुसार आन्तरिकतर्फ रु १३ खर्ब ६१ अर्ब ८७ […]
पूरा पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडकखण्ड रातिमा आवागमनमा रोक
चितवन । पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमनमा रोक लगाइएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा समेत रातिमा सवारी आवागमनमा रोक लगाइएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साँझ ८ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म चितवनको पृथ्वीराजमार्ग क्षेत्र र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी रोकिएको बताउनुभयो । निरन्तर वर्षात भइरहेको र पहिरोको जोखिम […]
पूरा पढ्नुहोस्
सिएमसीद्वारा बाढी प्रभावित क्षेत्रमा पुगेर ६७५ जना बिरामीलाई सेवा
चितवन । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको चिकित्सक टोली बाढी प्रभावित नुवाकोट पुगेर ६७५ जना बिरामीलाई सेवा दिएको छ । अस्पतालको २१ सदस्यीय चिकित्सक–स्वास्थ्यकर्मीको टोली नुवाकोटका विभिन्न ठाउँमा एक सातासम्म बसेर बिरामीको उपचारमा खटिएको हो । चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत (सिईओ) प्रताप देवकोटाका अनुसार भदौ ३१ गते चितवनबाट हिँडेको […]
पूरा पढ्नुहोस्
छवटा सङ्कल्प पारित गर्दै सकियो तस्रो संस्करणको ‘अङ्कुरम्–मोडल युनाइटेड नेसन्स’
चितवन । चितवनको भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा सञ्चालित त्रिदिवसीय ‘अङ्कुरम्–मोडल युनाइटेड नेसन्स’को तेस्रो संस्करण विभिन्न छवटा सङ्कल्प पारित गर्दै सकिएको छ । संयुक्त राष्ट्रसंघका छवटा कमिटीमा अध्ययन, अनुसन्धान र छलफलपछि सोमबार ती सङ्कल्प पारित भएका हुन् । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले भोलिका नेतृत्वदायी नागरिक उत्पादन गर्न यस्ता कार्यक्रम प्रभावकारी […]
पूरा पढ्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै
काठमाडौँ । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ः०० बजे हुने भएको छ । पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्



