कर्णाली प्रदेश
दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त
बाजुरा । दसैँ सुरु भएसँगै बाजुराको सदरमुकामसहित विभिन्न बजार तथा गाउँघरमा चहलपहल बढ्न थालेको छ । विभिन्न कामकाजका लागि बाहिरिएका गाउँ फर्कने तथा दसैँका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण बजार आउन थालेपछि चहलपहल झन् बढ्न थालेको हो । विशेषगरी सदरमुकाम मार्तडीसहित कोल्टी, बाम्का, पिलुचौर, बेतालमाण्डौ, धुलाचौरलगायत जिल्लाका विभिन्न बजारमा व्यापारिक गतिविधि बढेको छ । […]
पूरा पढ्नुहोस्
दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो […]
पूरा पढ्नुहोस्
आज दिनभर झरी, शनिबारदेखि सुधार हुने
काठमाडौँ । देशका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ । शनिबारदेखि मौसममा क्रमशः सुधार हुने नेपाल मौसम विज्ञान विभागले बताएको छ । मौसमविद् रोजन लामिछानेले भन्नुभयो, “अधिकांश स्थानमा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ । आज दिनभरी वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने शुक्रबार दिउँसो पुनः […]
पूरा पढ्नुहोस्
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
काठमाडौँ । भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डका सडक अवरुद्ध भएका छन् । यही असोज ८ गतेदेखि भएको वर्षाका कारण बाढी तथा पहिरो जाँदा पृथ्वीराजमार्गसहित मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डको सडक अवरुद्ध भएका सडक विभागले आजएक सूचना जारी गरी जनाएको छ । पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने […]
पूरा पढ्नुहोस्
‘ग्राजुएसन सिकाइको अन्त्य होइन, अझ ठूला अवसरको सुरुवात हो’ : उपकुलपति मरहट्टा
काठमाडौं । कान्तिपुर सिटी कलेज (केसीसी) ले एक वर्षे एसडीजी एम्बेसडर कार्यक्रम पूरा गरेका २६ विद्यार्थीलाई सम्मान गर्दै ‘एसडीजी एम्बेसडर ग्राजुएसन कार्यक्रम–ब्याच ३’ आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजनबाबु मरहट्टाले युवा नेतृत्व, शिक्षा र दिगो विकासको प्रवद्र्धनमा युवाको महत्वपूर्ण भूमिका रहेको बताए । दिगो विकासका लक्ष्य हासिल गर्न […]
पूरा पढ्नुहोस्
नवलपुरमा ल्याइएको जुम्लाको स्याउमा उपभोक्ताको आकर्षण
नवलपुर । कर्णाली प्रदेशको जुम्लामा उत्पादन भएको स्याउमा नवलपुरका उपभोक्ताहरूको आकर्षण देखिएको छ । जुम्लाको चन्दननाथ नगरपालिका–१० का किसान लोकेन्द्र महतले आफ्नो बगानबाट आज बिहान नवलपुरको गैँडाकोट–५ मा लिएर आउनुभएको ‘रेड’ स्याउ खरिदका लागि उपभोक्ताहरुको आकर्षण देखिएको हो । महतले परिक्षणका लागि पहिलो चरणमा ६ टन स्याउ ल्याएको भन्दै स्थानीय उपभोक्ताको माग र आकर्षणका लागि […]
पूरा पढ्नुहोस्
चार महिनामा तीन हजार ४३५ विपद्का घटना
काठमाडौँ । गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन् । विपद्मा परेर ९८८ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार चार हजार ५३१ घर परिवार प्रभावित भएका छन् । सो अवधिमा सबैभन्दा बढी […]
पूरा पढ्नुहोस्
‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई ‘शैक्षिक सुधार वर्ष’ घोषणा गर्दै विद्यालय शिक्षामा व्यापक सुधारका कार्यक्रम अघि सारेको छ । नगरप्रमुख मोहनमाया ढकालका अनुसार विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल शिक्षक बैंक, स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) शिक्षा, कार्यसम्पादन करार तथा रु दुई करोडबराबरको छात्रवृत्ति कोष सञ्चालनलगायतका रूपान्तरणकारी कार्यक्रम कार्यान्वयन […]
पूरा पढ्नुहोस्
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, […]
पूरा पढ्नुहोस्
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । शुक्रबार संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको लाभकर नै अन्तिम हुने व्यवस्थासहित […]
पूरा पढ्नुहोस्



