Tag: जेन-जी आन्दोलन
जेनजी शहीदको सम्मानमा मारवाडी समाजद्वारा दीप प्रज्वलन
चितवन । जेन–जी आन्दोलनमा ज्यान गुमाएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मारवाडी युवाहरुले चितवनमा दीप प्रज्वलन गरेका छन् । मारवाडी सेवा केन्द्र नारायणगढ, मारवाडी महिला मञ्च नारायणगढ र मारवाडी युवा मञ्च नारायणगढले संयुक्त रुपमा बुधबार साँझ मारवाडी सेवा केन्द्र नारायणगढ परिसरमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । कार्यक्रममा मारवाडी सेवा केन्द्र नारायणगढका अध्यक्ष पङ्कज […]
पूरा पढ्नुहोस्
आज देशभर शोक विदा
काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो । जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा […]
पूरा पढ्नुहोस्
जलेका कार्यालय सरसफाइ गरी अत्यावश्यक सेवा सञ्चालन
तनहुँ । जेन-जी आन्दोलनका क्रममा तनहुँमा भएका सरकारी कार्यालय तोडफोड र आगजनीपश्चात् अत्यावश्यक सेवा सञ्चालनको तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै कार्यालयलाई परिपत्र गर्दै क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन गरी प्रशासन कार्यालयलाई उपलब्ध गराउन परिपत्र गरेको जानकारी […]
पूरा पढ्नुहोस्
जेन–जी आन्दोलनमा ३० जनाको मृत्यु, एक हजारभन्दा धेरै घाइते
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते भएका जनाएको छ । मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ । उहाँले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको बताउनुभयो । […]
पूरा पढ्नुहोस्
जेन–जी प्रदर्शन : नवलपुरमा पार्टी कार्यालय र नेताको घरमा आगजनी
नवलपुर । जेन–जी प्रदर्शनका क्रममा मङ्गलबार नवलपरासी (बर्दघाट–सुस्ता)मा रहेका विभिन्न राजनीतिक पार्टी र नेताहरुको घरमा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालकाअनुसार जिल्लामा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यालयमा आगजनी भएको छ । त्यस्तै यी राजनीतिक दलका नेताहरुको घरमा […]
पूरा पढ्नुहोस्
जेन-जीले लगाएको आगोमा परी झलनाथ खनालकी पत्नीको निधन
चितवन । ‘जेन-जी’ को प्रदर्शनका क्रममा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालको डल्लुस्थित निवासमा लगाइएको आगोमा परेर खनालकी श्रीमती राज्यलक्ष्मी चित्रकारको निधन भएको छ । डल्लुस्थित घरभित्रै रहेको अवस्थामा आन्दोलनकारीले आगो लगाइदिएका थिए । आगोका कारण घरभित्रै जलेकी उनको गम्भीर अवस्थामा उपचारका क्रममा ज्यान गएको हो । उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको […]
पूरा पढ्नुहोस्
जेन-जीको प्रदर्शनमा कालिका एफएमका निर्देशक पौडेल घाइते
चितवन । चितवनमा भएको जेन-जीको आन्दोलनमा चितवनको भरतपुरस्थित कालिका एफएमका निर्देशक दीपक पौडेल घाइते हुनुभएको छ । भरतपुर महानगरपालिका अगाडि भएको झडपमा प्रदर्शनकारीले प्रहरीलाई प्रहार गरेको ढुङ्गा लाग्दा पौडेलको बायाँ हात भाँचिएको छ । अहिले उहाँको भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। समाचार सङ्कलनको लागि घटनास्थल पुग्नुभएका पौडेललाई ढुङ्गाले लागेको सँगै रहनुभएका पत्रकार रमेशकुमार […]
पूरा पढ्नुहोस्
मन्त्रिपरिषद् बैठकमा जेनजी आन्दोलनबारे छलफल हुने
काठमाडौँ । आज साँझ ६ बजेपछि बस्ने भनिएको मन्त्रिपरिषद्को नियमित बैठकमा जेन जी पुस्ताको आन्दोलन बारेमा छलफल हुने बताइएको छ । आजको मन्त्रिपरिषद् बैठक नियमित भए पनि त्यसमा आन्दोलन बारेमा छलफल हुने प्रधानमन्त्रीको प्रेस विज्ञ रामशरण बजगाईले बताउनुभयो । ‘आजको मन्त्रिपरिषद् नियमित बैठक हो, यसअघि नै आह्वान गरिएको बैठक भएकाले नियमित एजेन्डाहरू रहने नै भए, […]
पूरा पढ्नुहोस्
जेन-जी प्रदर्शनमा मर्नेको सङ्ख्या १४ जना पुग्यो, १२३ घाइते
काठमाडौँ । राजधानीको नयाँ बानेश्वरमा आयोजित जेनजीको प्रदर्शनमा सुरक्षा निकायले गरेको बल प्रयोगपछि मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । विभिन्न अस्पतालमा १२३ जना घाइतेको उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार सिभिल अस्पतालमा मात्रै ५० जना घाइते उपचाररत छन् । सोही अस्पतालमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौँ मेडिकल कलेजमा […]
पूरा पढ्नुहोस्
जेन-जी आन्दोलनका क्रममा मर्नेको सङ्ख्या ४ जना पुग्यो
काठमाडौँ । बानेश्वरमा भएको जेन-जी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको सङ्ख्या ४ जना पुगेको छ । उपचारको क्रममा राजधानीको ट्रमा सेन्टरमा आज दिउँसो थप २ जनाको मृत्यु भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। यसअघि राजधानीको सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको थियो ।
पूरा पढ्नुहोस्



