२ आश्विन २०८२, बिहीबार १९:३४
चितवन । जेन–जी आन्दोलनमा ज्यान गुमाएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मारवाडी युवाहरुले चितवनमा दीप प्रज्वलन गरेका छन् ।
मारवाडी सेवा केन्द्र नारायणगढ, मारवाडी महिला मञ्च नारायणगढ र मारवाडी युवा मञ्च नारायणगढले संयुक्त रुपमा बुधबार साँझ मारवाडी सेवा केन्द्र नारायणगढ परिसरमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
कार्यक्रममा मारवाडी सेवा केन्द्र नारायणगढका अध्यक्ष पङ्कज अग्रवाल, मारवाडी महिला मञ्च नारायणगढकी अध्यक्ष स्वाथी अग्रवाल, मारवाडी युवा मञ्च नारायणगढका अध्यक्ष राजु चौधरी, चौतारी टोलका अध्यक्षलगायत मारवाडी समाजको उपस्थिति रहेको थियो । बुधबार सरकारले शोक बिदा समेत दिएको थियो ।






प्रतिकृया दिनुहोस्