स्वास्थ्य – जीवनशैली
गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा
नवलपुर । गत असोज ४ गते आइतबार गैँडाकोट इंग्लिस स्कूलमा विद्यार्थी कुटपिटको घटनालाई लिएर सञ्चारमाध्यमले गलत हल्ला फैलाएको भन्दै विद्यालयले भ्रम छरेको छ । सरकारले बिदा दिएको दिन विद्यालय सञ्चालनको नाममा विद्यार्थीलाई बोलाएर कुटपिट गरेको घटनामा अभिभावकसँग “सहमति” गरेर मिलाएपछि सञ्चारमाध्यमलाई बदनाम गराउने खेल सुरु गरिएको छ । विद्यालयले पीडित विद्यार्थीको अभिभावकसँग “गोप्य सहमती” गर्दै […]
पूरा पढ्नुहोस्
सिएमसीद्वारा बाढी प्रभावित क्षेत्रमा पुगेर ६७५ जना बिरामीलाई सेवा
चितवन । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको चिकित्सक टोली बाढी प्रभावित नुवाकोट पुगेर ६७५ जना बिरामीलाई सेवा दिएको छ । अस्पतालको २१ सदस्यीय चिकित्सक–स्वास्थ्यकर्मीको टोली नुवाकोटका विभिन्न ठाउँमा एक सातासम्म बसेर बिरामीको उपचारमा खटिएको हो । चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत (सिईओ) प्रताप देवकोटाका अनुसार भदौ ३१ गते चितवनबाट हिँडेको […]
पूरा पढ्नुहोस्
तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर
दमौली । तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । विगत केही वर्षदेखि जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर छ भने माछामा भने आत्मनिर्भर नरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले प्रति व्यक्ति प्रति वर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा […]
पूरा पढ्नुहोस्
बाढीप्रभावित क्षेत्रमा सिएमसीको नि:शुल्क स्वास्थ्य शिविर
चितवन । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बाढीप्रभावित क्षेत्रमा चिकित्सक टोली पठाएको छ । अस्पतालले आज बाढी प्रभावित नुवाकोट र रसुवामा सेवा दिन विशेषज्ञ चिकित्सकसहित २१ जनाको टोली पठाएको हो । टोलीले आगामी असोज ५ गतेसम्म बाढीप्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निःशुल्क स्वास्थ्य उपचार सेवा दिनेछ । टोलीको नेतृत्व गर्नुभएका डा […]
पूरा पढ्नुहोस्
अङ्कुरम् एकेडेमीमा बृहत् दन्त शिविर: बाह्र सय बढी मानिस लाभान्वित
चितवन । चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा आयोजित दुई दिनसम्म सञ्चालित बृहत् दन्त शिविर शुक्रबार सम्पन्न भएको छ । विद्यालयको स्वास्थ्य तथा कल्याण विभागको आयोजना तथा चितवन मेडिकल कलेज (सिएमसी) को प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा एक हजार २४३ जना विद्यार्थी तथा शिक्षक–कर्मचारीको दन्त परीक्षण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत बालबालिका तथा कार्यरत […]
पूरा पढ्नुहोस्
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
नारायण अधिकारी चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म कार्कीले सर्पको डसाइबाट श्रीमती गुमाउनुभयो । तत्कालीन समयमा उहाँको मात्र होइन ठूलो सङ्ख्यामा सर्पदंशले मानिसको ज्यान जाने गरेको थियो । सर्पको सङ्ख्या धेरै हुने र समयमा अस्पताल पुग्न नसक्दा अकालमा धेरैको निधन हुने गरेको थियो । पछिल्ला वर्षहरुमा सामाजिक गतिविधिमा सक्रिय कार्की समयमा […]
पूरा पढ्नुहोस्
पाँच सय सात परिवारलाई धुवाँरहित चुलो वितरण
चितवन । राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । राप्ती नगरपालिकासँग सहकार्य गरी सपना भिलेज सोसियल इम्प्याक्टले सङ्ख्यामा धुवाँरहित चुलो वितरण गरेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । नगरपालिकामा ४०५ र समुदायसँगको सहकार्यमा १०२ चुलो वितरण गरिएको उहाँले बताउनुभयो । विगत दुई वर्षदेखि सपना भिलेजले धुवाँरहित चुलो वितरण गर्दै स्वच्छ खाना […]
पूरा पढ्नुहोस्
भरतपुरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प
चितवन । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले एक महिनादेखि प्रयोगशालाले दिने सेवा ठप्प भएको छ । प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीले बजेट अभावमा केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा दिन नसकिएको जानकारी दिनुभयो । गत वर्ष रु एक करोड ३५ लाख केमिकल खरिदका लागि विनियोजन भएको रकममा रु २० लाख अपुग […]
पूरा पढ्नुहोस्
भरतपुरको क्यान्सर अस्पतालमा केमो सेवामा चाप
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका अभाव भएपछि क्यान्सरका कोषिका मार्ने महत्वपूर्ण औषधि केमो लगाउन बिरामीलाई पाँचदिनसम्म पालो पर्खनुपर्ने अवस्था आएको छ । अस्पतालमा दैनिक करिव ३०० बिरामी केमोका लागि सेवा लिन आउने भए पनि करिव २०० लाई मात्र केमो दिन सकिएको छ । एक सय ५० शय्या केमोका लागि छुट्याइएको […]
पूरा पढ्नुहोस्
मानसिक स्वास्थ्यमा लगानी गरौँ
आत्महत्या भनेको समाज, परिवार र राज्य सबैका लागि गम्भीर सामाजिक समस्या बनेको छ । कुनै व्यक्तिले आफ्नो जीवन अन्त्य गर्ने निर्णयमा पुग्नु असह्य मानसिक, सामाजिक वा भावनात्मक पीडाबाट मुक्त हुने अन्तिम प्रयास हो । आत्महत्यालाई व्यक्तिगत कमजोरी, धार्मिक विश्वास वा नैतिक विचलनको विषयका रूपमा बुझेर समाधान खोज्न सकिँदैन । यो सार्वजनिक स्वास्थ्य, सामाजिक न्याय र […]
पूरा पढ्नुहोस्



