आर्थिक
नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
चितवन । नारायणगढ बजारमा चाडपर्वका समयमा हुने भीडभाड र अव्यवस्थित गतिविधि नियन्त्रण गरी बजारलाई व्यवस्थित बनाउन गठित बजार व्यवस्थापन कार्यदल (टास्क फोर्स) सक्रिय भएको छ । नारायणगढमा चाडपर्वका समयमा किनमेल गर्नेको चाप बढ्ने भएकाले बजार व्यवस्थापन, शान्ति–सुरक्षा, सवारी आवागमन तथा बजार अनुगमनलाई प्रभावकारी बनाउन टास्क फोर्सले सरोकारवाला निकायसँग समन्वय गरी काम अघि बढाएको हो । […]
पूरा पढ्नुहोस्
गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि आज साँझदेखि सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै उक्त राजमार्ग भएर […]
पूरा पढ्नुहोस्
आज विश्व अण्डा दिवसः चितवनमा ‘जुम्बा डान्स’ र ‘एग वाक’कार्यक्रम
चितवन । चितवनमा आज ‘जुम्बा डान्स’ र ‘एग वाक’ कार्यक्रमको आयोजना गरिएको छ । विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक सङ्घ केन्द्रीय समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो । उद्योग सङ्घ चितवनको परिसरमा जुम्बा डान्स गरेर दिवसको शुभारम्भ गरिएको थियो । सो अवसरमा डिजे म्युजिकमा सहभागीले नृत्य प्रस्तुत गर्नुभएको थियो । एग वाकको चितवनका […]
पूरा पढ्नुहोस्
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ । यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन् । भारी वर्षाबाट अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको […]
पूरा पढ्नुहोस्
उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग
चितवन । चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् । नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेका हुन् । टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धनसहित तत्काल […]
पूरा पढ्नुहोस्
बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ पर्ने पर्यटकीय गाउँ घान्द्रुक पुग्ने बाटो सहज भएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको छ । बाढीपहिरोका कारण अवरुद्ध भएको बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा आएसँगै पर्यटकहरु घान्द्रुक पुग्न थालेका हुन् । बाटो सहज भएसँगै गाउँमा पर्यटकको चहलपहल सुरु हुन थालेको घान्द्रुकस्थित निर्मल भिल्लाकी प्रबन्ध निर्देशक स्नेहा गुरुङले जानकारी […]
पूरा पढ्नुहोस्
चितवनबाट ५० थान आईफोनसहित दिपक मोबाइलका सञ्चालक पक्राउ
चितवन । बिलबिजकविना मोबाइल बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले चितवनबाट दिपक मोबाइल पसलका सञ्चालक दिपक पर्साई र अर्का एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार भरतपुर महानगरपालिका–१० र १ मा सञ्चालन गरिएको दिपक मोबाइल पसलबाट बिलबिजकविनाका मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले पसलमा […]
पूरा पढ्नुहोस्
विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम
चितवन । अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रुपमा मनाइरहेको छ । यस वर्षको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ । सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस […]
पूरा पढ्नुहोस्
मगर विद्यार्थी संघ चितवनद्वारा १० लाख रुपैयाँको अक्षयकोष स्थापना
चितवन । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनले आफ्नो लक्ष्य अनुसार अक्षयकोषमा रकम संकलन गरेको छ । चितवन जिल्ला र यससँग जोडिएका छिमेकी जिल्लाका स्थानीय तहमा रहेका विपन्न, जेहेन्दर तथा अशक्त मगर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले २०७५ सालमा सुरु गरिएको अक्षयकोषमा संघले लक्ष्य अनुसार १० लाख सात हजार ६८० रुपैयाँ रकम संकलन गरेको आइतबार […]
पूरा पढ्नुहोस्
‘ईभी’मा आगलागीको घटना तुलनात्मक रुपमा थोरै हुने दाबी
चितवन । विद्युतीय गाडी (ईभी)मा हुने आगलागीको घटना अन्य गाडीहरुको तुलनामा थोरै हुने गरेको सरोकारवालाहरुले बताएका छन् । चितवन अटोमोबाइल डिलर्स एशोसिएसन (काडा)ले शनिबार नारायणघाटमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले समुदायमा हल्ला भएको जस्तो ईभीमा आगलागीको घटना धेरै नहुने गरेको बताएका हुन् । विद्युतीय सवारीसाधन सचेतना तथा जनचेतनामूलक कार्यक्रममा बोल्दै काडाका अध्यक्ष इन्द्रप्रसाद रेग्मीले समुदायमा विद्युतीय […]
पूरा पढ्नुहोस्



