आर्थिक
पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
पर्वत । बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो । सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको […]
पूरा पढ्नुहोस्
लमजुङका यी १० गन्तव्य दसैँ बिदामा घुमफिर गर्न हुनसक्छन् उपयुक्त
लमजुङ । दसैँको लामो बिदा घुमफिर र पारिवारिक भेटघाटसँगै नयाँ ठाउँको अनुभव गर्ने अवसर पनि हो । हिमाल, पहाड, प्रकृति, संस्कृति, इतिहास र धार्मिक आस्थाको विविधता बोकेको लमजुङमा छोटो तथा लामो दूरीका यात्राका लागि विभिन्न गन्तव्य छन् । जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिकस्थलमध्ये २०८३ सालको दसैँ बिदामा घुम्न सकिने १० गन्तव्य यसप्रकार रहेका छन् । […]
पूरा पढ्नुहोस्
कालीगण्डकीमा आएको बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति
पर्वत । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै गए पनि पूर्ववत् जस्तै सामान्य बाढी आउने ठानेका थिए । शनिबार रातिसम्म कालीगण्डकी र सेतीखोला पूर्ववत् रूपमा बगिरहेका थिए । राति १२ बजे स्थानीय सेतीवेणी प्रहरी चौकीमा माथिल्लो क्षेत्रमा कालीगण्डकीको जलसतह निकै […]
पूरा पढ्नुहोस्
धानबालीमा रोग–कीराको समस्या हुँदा किसान चिन्तित
नारायणगढ . चितवनमा पछिल्लो समय धानबालीमा रोग तथा कीराको समस्या बढ्दै गएपछि किसानसम्म वैज्ञानिक प्रविधि, नयाँ अनुसन्धान र प्रभावकारी व्यवस्थापन विधि पु¥याउन अनुसन्धान, प्रसार तथा शिक्षाबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । कृषि विकास कार्यालय चितवनले शुक्रबार आयोजना गरेको कृषि प्रविधि, रोग–कीरा व्यवस्थापन तथा त्रिपक्षीय समन्वय गोष्ठीमा सहभागी वैज्ञानिक, प्राध्यापक, कृषि प्राविधिक तथा […]
पूरा पढ्नुहोस्
नदी किनारमा गरिएको तटबन्धले जोगायो गैँडाकोट
नवलपुर । यसवर्ष असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्ष यताकै सबैभन्दा ठूलो बाढी आयो । विगतका वर्षहरुमा अहिलेको भन्दा सानो बाढी आउँदा पनि गैँडाकोटका धेरै बस्ती डुबान र कटानको समस्यामा पर्ने गरेका थिए । यद्यपि यसपटक इतिहासमै ठूलो बाढी आउँदा पनि धेरै बस्ती जोगियो । इतिहासकै ठूलो बाढी आउँदा पनि यसपटक गैँडाकोटको वडा […]
पूरा पढ्नुहोस्
राइनो क्रुजलाई बाढीले बगाउँदा १० करोड रुपैयाँ क्षति
नवलपुर । असोज ११ गते नारायणी नदीमा आएको बाढीले गैँडाकोटबाट ‘राइनो क्रुज’ बगाउँदा करिब १० करोड रुपैयाँ क्षति भएको जनाइएको छ । गैँडाकोट–२ स्थित नारायणी नदी किनारको रुखमा बाँधेर राखिएको अवस्थामा क्रुजलाई बाढीले बगाएर करिब पाँच सय मिटर तल लगेर पुलको पिल्लरमा अड्काएको थियो । गैँडाकोट–२ को नारायणी नदी किनारमा रहेको होटल रिभर क्राउनले गत […]
पूरा पढ्नुहोस्
कालीगण्डकी नदीमाथि बनेको पुलको एप्रोच सडक बाढीले बगायो
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुलको एप्रोच सडक बाढीले बगाउँदा बाटो अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार पुलको एप्रोच सडक बगाएपछि बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँ जोड्ने गण्डकी प्रदेशमार्गको सम्पर्क विच्छेद भएको छ । अविरल वर्षापछि आज दिउँसो ३ः०० […]
पूरा पढ्नुहोस्
नेपालको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो
काठमाडौँ । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण दायित्व मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ प्रतिशत नाँघेको हो । कार्यालयका अनुसार आन्तरिकतर्फ रु १३ खर्ब ६१ अर्ब ८७ […]
पूरा पढ्नुहोस्
विशाल ढकालको संगीतमा बालगीत ‘जुनको कचौरा…’ सार्वजनिक
नवलपुर । थुप्रै चर्चित गीतहरुमा संगीत भरिसक्नुभएका गैँडाकोटका संगीतकार विशाल ढकालले बालगीत ‘जुनको कचौरा…’ सार्वजनिक गर्नुभएको छ । संगीतकार ढकालले युट्युब च्यानल ‘बालगीत स्टुडियो एचडी’ मार्फत सन्तकवि गोविन्दराज विनोदीको शब्दमा रहेको बालगीत जुनको कचौरा सार्वजनिक गर्नुभएको हो । ढकालको संगीत तथा यश्वन्ती आचार्य र अरुणा रेग्मीको स्वरमा सजिएको बालगीतको सम्पादन भूमिलाल पौडेलले गर्नुभएको छ । […]
पूरा पढ्नुहोस्
कृषि विकास कार्यालय नवलपुरले करिब पाँच करोड अनुदान वितरण गर्दै
नवलपुर । कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले करिब रु पाँच करोड अनुदान वितरण गर्नेगरी कृषकहरुसमक्ष प्रस्ताव पेस गर्न आह्वान गरेको छ । कार्यालयले विभिन्न १० वटा शीर्षकमा जिल्लाका कृषकहरुलाई अनुदान वितरण गर्ने तयारी गरेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत राजेश्वर सिलवालकाअनुसार आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार रु […]
पूरा पढ्नुहोस्



