AI बाट सम्पादन गरिएको तस्बिर ।
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुलको एप्रोच सडक बाढीले बगाउँदा बाटो अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार पुलको एप्रोच सडक बगाएपछि बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँ जोड्ने गण्डकी प्रदेशमार्गको सम्पर्क विच्छेद भएको छ । अविरल वर्षापछि आज दिउँसो ३ः०० बजेतिर कालीगण्डकी नदीमा आएको बाढी तथा पुल र सडक जोड्ने स्थानमा आएको भलका कारण पुलको नवलपुरतर्फको जगसमेत कटान हुँदा सवारीसाधन आवागमन अवरुद्ध भएको पण्डितले जानकारी दिनुभयो ।
यस गण्डकी प्रदेश मार्ग हुँदै दैनिकरुपमा स्थानीय बासिन्दा स्याङ्जा, पोखरा, तनहुँ हुँदै नवलपुर र पाल्पा आवतजावत गर्ने गरेका थिए । यो सडक प्रदेश राजधानी पोखरासँग नवलपुरलाई जोड्ने सबैभन्दा छोटो सडकको रुपमा रहेको थियो ।





प्रतिकृया दिनुहोस्