१० कार्तिक २०८३, मङ्गलबार

आर्थिक

भोटेकोशी बाढीमा बेपत्ता भएका मध्यविन्दुका १२ जनाको परिवारलाई राहत हस्तान्तरण

नवलपुर । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का व्यक्तिको परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । जिल्लाको नवलपुर उद्योग वाणिज्य सङ्घ कावासोतीले मध्यविन्दु उद्योग वाणिज्य सङ्घ तथा स्थानीय पालिकासँगको समन्वयमा वेपत्ता व्यक्तिका घरमा गई उनीहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । नवलपुर उद्योग वाणिज्य सङ्घ कावासोतीको […]

पूरा पढ्नुहोस्

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली । तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । विगत केही वर्षदेखि जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर छ भने माछामा भने आत्मनिर्भर नरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले प्रति व्यक्ति प्रति वर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा […]

पूरा पढ्नुहोस्

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको छ । जिप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षात्का समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जको ३० किलोमिटर सडकको दायाँबायाँ रहेका झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जमा गस्ती र जिप सफारीको […]

पूरा पढ्नुहोस्

कृष्णभिरमा असोज १ गतेदेखि नियमित सडक सञ्चालन हुने

चितवन । कृष्णभिरमा नयाँ ‘ट्र्याक’ खोलेर असोज १ गते बिहीबारदेखि दुईतर्फी  यातायात सेवा सञ्चालन गरिने भएको छ । त्रिशूलीमा आएको बाढीबाट सडकको तल्लो भाग बगाएपछि त्यस ठाउँमा उक्त राजमार्ग यही भदौ १४ गते  यातायात सेवा  सञ्चालन गर्न नमिल्ने गरी भासिएको थियो । सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध बनेको सो राजमार्ग यही भदौ १८ गतेदेखि नजिकै रहेको […]

पूरा पढ्नुहोस्

भरतपुरमा सन अटोमोबाइल्सले सार्वजनिक गर्यो रोयल इन्फिल्ड हन्टर ३५०

चितवन । युवाहरुको मागबमोजिम भरतपुरको सन अटो मोबाइल्सले रोयल इन्फिल्डको नयाँ रङ र नयाँ भेरियन्टको हन्टर ३५० सार्वजनिक गरेको छ । आज बुधबार भव्य कार्यक्रमकाबीच शोरुममा नयाँ टर्माक ब्ल्याक भेरियन्टसँगै टप भेरियन्टमा मुम्बै यल्लो र मनसुट ह्वाइट गरी दुई नयाँ रङमा हन्टर ३५० सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि चितवन अटो मोबाइल्स एसोसियसनका अध्यक्ष […]

पूरा पढ्नुहोस्

नवलपुरमा ल्याइएको जुम्लाको स्याउमा उपभोक्ताको आकर्षण

नवलपुर । कर्णाली प्रदेशको जुम्लामा उत्पादन भएको स्याउमा नवलपुरका उपभोक्ताहरूको आकर्षण देखिएको छ । जुम्लाको चन्दननाथ नगरपालिका–१० का किसान लोकेन्द्र महतले आफ्नो बगानबाट आज बिहान नवलपुरको गैँडाकोट–५ मा लिएर आउनुभएको ‘रेड’ स्याउ खरिदका लागि उपभोक्ताहरुको आकर्षण देखिएको हो । महतले परिक्षणका लागि पहिलो चरणमा ६ टन स्याउ ल्याएको भन्दै स्थानीय उपभोक्ताको माग र आकर्षणका लागि […]

पूरा पढ्नुहोस्

नेपालमै पहिलोपटक ‘विकू भर्चुअल कार्ड’ शुभारम्भ

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालमै पहिलोपटक ‘विकू भर्चुअल कार्ड’ सुरुआत गरेको छ । आफ्ना सदस्यहरुलाई कार्ड विहीन कारोबार सेवा प्रदान गर्ने उद्देश्यले सहकारीहरुमध्ये विकूले नेपालमै पहिलोपटक यो सुविधा शुक्रबारदेखि ल्याएको हो । विकूका सूचना तथा प्रविधि विभाग प्रमुख सङ्केत कँडेलकाअनुसार मोबाइल बैंकिङ एपबाट चलाउन, कार्ड माग […]

पूरा पढ्नुहोस्

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो  वितरण

चितवन । राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । राप्ती नगरपालिकासँग सहकार्य गरी सपना भिलेज सोसियल इम्प्याक्टले सङ्ख्यामा धुवाँरहित चुलो वितरण गरेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । नगरपालिकामा ४०५  र समुदायसँगको सहकार्यमा १०२  चुलो वितरण गरिएको उहाँले बताउनुभयो । विगत दुई वर्षदेखि सपना भिलेजले धुवाँरहित चुलो वितरण गर्दै स्वच्छ खाना […]

पूरा पढ्नुहोस्

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको क्षतिबापत रु एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्जयजन्तुका कारण मानिसमा सामान्य […]

पूरा पढ्नुहोस्

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण  नगर्न विभागको आग्रह

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’को माध्यमबाट बिक्रीवितरण नगर्न आग्रह  गरेको छ । विभागले विभिन्नमाध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो । उपभोक्ता संरक्षण […]

पूरा पढ्नुहोस्