समाचार
पाँच सय सात परिवारलाई धुवाँरहित चुलो वितरण
चितवन । राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । राप्ती नगरपालिकासँग सहकार्य गरी सपना भिलेज सोसियल इम्प्याक्टले सङ्ख्यामा धुवाँरहित चुलो वितरण गरेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । नगरपालिकामा ४०५ र समुदायसँगको सहकार्यमा १०२ चुलो वितरण गरिएको उहाँले बताउनुभयो । विगत दुई वर्षदेखि सपना भिलेजले धुवाँरहित चुलो वितरण गर्दै स्वच्छ खाना […]
पूरा पढ्नुहोस्
सप्तगण्डकी क्याम्पसका सहप्राध्यापक लामिछानेलाई गणितमा विद्यावारिधि
चितवन । चितवनको भरतपुरमा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पस गणित विभागका सहप्राध्यापक वसन्तराज लामिछानेले काठमाडौँ विश्वविद्यालयबाट गणित विषयमा विद्यावारिधि गर्नुभएको छ । ‘नेपालको गणित शिक्षामा उपनिवेशिकताको प्रभाव’ विषयमा लामिछानेले सो उपाधि प्राप्त गर्नुभएको हो । उहाँले अनुसन्धानमा उपनिवेशिकताले पाठ्यक्रम, शिक्षण पद्धति र मूल्याङ्कन पद्धतिमा पारेको प्रभावलाई बहुभाषिक ढंगबाट विमर्श गर्नुभएको छ । यसले गणित शिक्षाको वर्तमान […]
पूरा पढ्नुहोस्
खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि सडक विभागबाट विषयविज्ञ बोलाइएको छ । गएको मङ्गलबार पटकपटक गरी पहिरो झरेपछि करिब आठ घण्टा सडक आवागमनमा अवरोध पुगेको थियो । सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नयाँ ठाउँमा पहिरो झरेपछि सडक विभागका भू–प्राविधिकलाई स्थलगत अध्ययनका लागि बोलाइएको छ । विज्ञ टोलीले […]
पूरा पढ्नुहोस्
नेपालमा बाघको सङ्ख्या ४२९, चितवनमा सबैभन्दा धेरै
काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सार्वजनिक गर्नुभएको २०८२ को गणनाअनुसार कुल बाघको सङ्ख्या मुलुकभर ४२९ पुगेको हो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दिया राष्ट्रिय […]
पूरा पढ्नुहोस्
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
वासुदेव पौडेल बागमती । हेटौँडा उपमहानगरपालिका–१० गोरक्षेश्वर दिव्यधाम, राप्तीतटस्थित संस्कृत वेद विद्यालयले ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ भन्ने नारासहित अध्ययन–अध्यापनलाई अघि बढाएको छ । समाजमा संस्कार र संस्कृति हराउँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा विसं २०५६ मा स्थापना भई सञ्चालन हुँदै आएको विद्यालयमा ५ कक्षादेखि ९ कक्षासम्म पठनपाठन भइरहेको छ । विद्यालयमा देशका पूर्वमेचीदेखि महाकालीसम्मका […]
पूरा पढ्नुहोस्
भरतपुरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प
चितवन । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले एक महिनादेखि प्रयोगशालाले दिने सेवा ठप्प भएको छ । प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीले बजेट अभावमा केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा दिन नसकिएको जानकारी दिनुभयो । गत वर्ष रु एक करोड ३५ लाख केमिकल खरिदका लागि विनियोजन भएको रकममा रु २० लाख अपुग […]
पूरा पढ्नुहोस्
शवदाह गृह साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी
चितवन । देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गरिने भएको छ । शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको उक्त शवदाहगृह भरतपुर महानगरपालिकालाई बुधबार हस्तान्तरण गरिएको छ । सार्वजनिक निजी साझेदारी ढाँचामा शवदाह सञ्चालन गर्नका लागि महानगरपालिकाले […]
पूरा पढ्नुहोस्
भरतपुरको क्यान्सर अस्पतालमा केमो सेवामा चाप
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका अभाव भएपछि क्यान्सरका कोषिका मार्ने महत्वपूर्ण औषधि केमो लगाउन बिरामीलाई पाँचदिनसम्म पालो पर्खनुपर्ने अवस्था आएको छ । अस्पतालमा दैनिक करिव ३०० बिरामी केमोका लागि सेवा लिन आउने भए पनि करिव २०० लाई मात्र केमो दिन सकिएको छ । एक सय ५० शय्या केमोका लागि छुट्याइएको […]
पूरा पढ्नुहोस्
मानसिक स्वास्थ्यमा लगानी गरौँ
आत्महत्या भनेको समाज, परिवार र राज्य सबैका लागि गम्भीर सामाजिक समस्या बनेको छ । कुनै व्यक्तिले आफ्नो जीवन अन्त्य गर्ने निर्णयमा पुग्नु असह्य मानसिक, सामाजिक वा भावनात्मक पीडाबाट मुक्त हुने अन्तिम प्रयास हो । आत्महत्यालाई व्यक्तिगत कमजोरी, धार्मिक विश्वास वा नैतिक विचलनको विषयका रूपमा बुझेर समाधान खोज्न सकिँदैन । यो सार्वजनिक स्वास्थ्य, सामाजिक न्याय र […]
पूरा पढ्नुहोस्
एक महिनापछि माडीगज नियन्त्रणमा
चितवन । माडीगजलाई एक महिनापछि नियन्त्रणमा लिइएको छ । माडीगज हात्तीको नाम हो । चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोष्टबाट एक्कासि गायब भएको उक्त हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले गिदेनी पोष्टबाट चराउने क्रममा गैँडाको आवाज सुनेर हात्ती तर्सिएर भागेको थियो । प्राविधिक टोलीले सोमबार लामिचौर नजिकै डार्ट गरेर […]
पूरा पढ्नुहोस्



