१२ कार्तिक २०८३, बिहीबार

समाचार

चितवनमा मह उत्पादनमा कमी

चितवन । जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष १६ दशमलव ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको हो । मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईका अनुसार यस वर्ष ४५० मेट्रिक टन मह उत्पादन भएको छ । गत वर्ष ५४० मेट्रिक टन मह उत्पादन भएको थियो । जिल्लामा […]

पूरा पढ्नुहोस्

मनसुनजन्य जोखिममा रहेको समुदायलाई विपद् व्यवस्थापन तालिम

नवलपुर । मनसुनजन्य विपद्का कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ । नवलपुरमा पहाडी क्षेत्र, भित्री मधेस र तराई क्षेत्र भएकाले यहाँ पहिरो, डुबान र बाढीको प्रकोपको जोखिम अत्यधिक छ । जिल्लामा हुने विपद्जन्य घटनाबाट सुरक्षित रहनका लागि कावासोती नगरपालिकाका सरोकारवाला समुदायलाई तालिम दिइएको छ । कारितास नेपालको आयोजना तथा सशस्त्र प्रहरी […]

पूरा पढ्नुहोस्

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न/गराउन निर्देशन दिएको छ । मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो । मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरद्वारा ‘काउ लिफ्ट’ मेसिन वितरण

चितवन । भरतपुर महानगरपालिकाको पशुपन्छी विकास शाखाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको अनुरोधमा बसेर उठ्न नसक्ने गाईलाई सुरक्षित रूपमा उठाउन प्रयोग गरिने उपकरण (काउ लिफ्ट) हस्तान्तरण गरेको छ । प्रतिगोटा रु ६४ हजार मूल्यपर्ने उक्त मेसिन ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी […]

पूरा पढ्नुहोस्

पोखराबाट हुन सकेन नियमित अन्तरराष्ट्रिय उडान

पोखरा । छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन । झण्डै २२ अर्ब रूपैयाँ ऋणमा बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो । सन् २०२५ मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान […]

पूरा पढ्नुहोस्

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि स्कटल्याण्डले दिएको १७० रनको लक्ष्य पछ्याएको अमेरिकाले २७.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अमेरिकाका लागि ओपनर स्मित पटेल र […]

पूरा पढ्नुहोस्

चितवनमा छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन् । जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको थियो । अद्यावधिक भएकामध्ये दुईवटा शववाहन रहेका छन् । कार्यालयले सूचना जारी गरेपछि ती एम्बुलेन्स अध्यावधिक भएको कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा […]

पूरा पढ्नुहोस्

चितवनका १३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन ।  चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो […]

पूरा पढ्नुहोस्

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

चितवन । समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन बाँकी छ । पछिल्लो समय डिडिसीबाट हुने भुक्तानीमा केही सुधार देखिए […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री वालेनको पोस्टपछि याक चिजको क्रेज बढ्यो, भरतपुरमा बिक्री सुरु

चितवन । चितवनको बजारमा समेत याक चिज उपलब्ध गराइएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले भरतपुर–१० दूरसञ्चार रोडमा सञ्चालन गरेको डेरी मार्टमा याक चिज बिक्रीका लागि राखिएको जनाएको छ । प्रधानमन्त्रीको पोस्टपछि उपभोक्तामाझ याक चिजप्रति आकर्षण बढेको र माग उच्च भएपछि चितवनमा आपूर्ति सुरु गरिएको डीडीसीका जनरल म्यानेजर डा. शरणकुमार पाण्डे ले […]

पूरा पढ्नुहोस्