११ कार्तिक २०८३, बुधबार

बागमती प्रदेश

बागमती प्रदेश सरकारको पुँजीगत खर्च ९ प्रतिशत मात्र

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनाको अवधिमा आठ दशमलव ९९ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आव २०८२/८३ को साउनदेखि पुससम्ममा कूल बजेटको करिब १४ दशमलव १० प्रतिशत खर्च गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा […]

पूरा पढ्नुहोस्

निर्वाचन ४७ दिन बाँकी : निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौँ । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री, मतपत्र तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि कुरियर सेवातर्फ दुई वटा फर्म छनौट गरेको हो । आयोगका अनुसार, यसरी छनोट […]

पूरा पढ्नुहोस्

रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति

काठमाडौँ । नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्नेे निर्णय अनुचित भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयको लामिछानेको उक्त मुद्दा फिर्ता लिने निर्णय अनुचित भएको जनाएको हो । “अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणले दण्डहीनतालाई […]

पूरा पढ्नुहोस्

निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज यहाँ उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र […]

पूरा पढ्नुहोस्

गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता

काठमाडौँ । निर्वाचन आयोग नेपालले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत भएको जनाउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगले जनाएको छ । हालै सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले आफूहरूको […]

पूरा पढ्नुहोस्

निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ । आयोगले तय गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, […]

पूरा पढ्नुहोस्

आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।

पूरा पढ्नुहोस्

आठौं एग्रिटेक एक्स्पोको तयारी पूरा, कृषिमन्त्री पौडेलबाट उद्घाटन हुने

चितवन । चितवनमा कृषि प्रविधिको प्रर्दशन तथा उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्य सहित माघ २ गते शुक्रबारदेखि आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो हुंँदैछ । भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा हुने एक्स्पोको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले गर्नुहुंँदैछ । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा माघ […]

पूरा पढ्नुहोस्

रत्ननगर महोत्सवः एकैदिन ४५ हजार बढीले गरे अवलोकन

चितवन । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औं संस्करणमा अवलोकनकर्ताको उत्सहाजनक उपस्थिति देखिएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेबाट सुरु भएको उक्त महोत्सवको बिहीबार मात्र ४५ हजार बढीले अवलोकन गरेको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो । महोत्सवको सातौं दिनसम्म आइपुग्दा करिब २ लाख दर्शकले महोत्सव अवलोकन गरेको […]

पूरा पढ्नुहोस्

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन । माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा प्याप्सनको सहयोगमा देवघाट जाने–आउने भक्तजनहरुलाई निःशुल्क बस सेवा सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज बिहान ६ः३० बजेदेखि भरतपुर महानगरपालिका–१ आँपटारीबाट बसहरुले सेवा दिन सुरु गरेका हुन । उहाँका अनुसार यस क्षेत्रबाट […]

पूरा पढ्नुहोस्