बागमती प्रदेश
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
वासुदेव पौडेल बागमती । हेटौँडा उपमहानगरपालिका–१० गोरक्षेश्वर दिव्यधाम, राप्तीतटस्थित संस्कृत वेद विद्यालयले ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ भन्ने नारासहित अध्ययन–अध्यापनलाई अघि बढाएको छ । समाजमा संस्कार र संस्कृति हराउँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा विसं २०५६ मा स्थापना भई सञ्चालन हुँदै आएको विद्यालयमा ५ कक्षादेखि ९ कक्षासम्म पठनपाठन भइरहेको छ । विद्यालयमा देशका पूर्वमेचीदेखि महाकालीसम्मका […]
पूरा पढ्नुहोस्
भरतपुरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प
चितवन । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले एक महिनादेखि प्रयोगशालाले दिने सेवा ठप्प भएको छ । प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीले बजेट अभावमा केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा दिन नसकिएको जानकारी दिनुभयो । गत वर्ष रु एक करोड ३५ लाख केमिकल खरिदका लागि विनियोजन भएको रकममा रु २० लाख अपुग […]
पूरा पढ्नुहोस्
शवदाह गृह साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी
चितवन । देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गरिने भएको छ । शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको उक्त शवदाहगृह भरतपुर महानगरपालिकालाई बुधबार हस्तान्तरण गरिएको छ । सार्वजनिक निजी साझेदारी ढाँचामा शवदाह सञ्चालन गर्नका लागि महानगरपालिकाले […]
पूरा पढ्नुहोस्
भरतपुरको क्यान्सर अस्पतालमा केमो सेवामा चाप
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका अभाव भएपछि क्यान्सरका कोषिका मार्ने महत्वपूर्ण औषधि केमो लगाउन बिरामीलाई पाँचदिनसम्म पालो पर्खनुपर्ने अवस्था आएको छ । अस्पतालमा दैनिक करिव ३०० बिरामी केमोका लागि सेवा लिन आउने भए पनि करिव २०० लाई मात्र केमो दिन सकिएको छ । एक सय ५० शय्या केमोका लागि छुट्याइएको […]
पूरा पढ्नुहोस्
एक महिनापछि माडीगज नियन्त्रणमा
चितवन । माडीगजलाई एक महिनापछि नियन्त्रणमा लिइएको छ । माडीगज हात्तीको नाम हो । चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोष्टबाट एक्कासि गायब भएको उक्त हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले गिदेनी पोष्टबाट चराउने क्रममा गैँडाको आवाज सुनेर हात्ती तर्सिएर भागेको थियो । प्राविधिक टोलीले सोमबार लामिचौर नजिकै डार्ट गरेर […]
पूरा पढ्नुहोस्
चितवनमा सवारीसाधन दुर्घटनामा कमी
चितवन । जिल्लामा गत एक वर्षमा भएका सवारी दुर्घटनामा १०५ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा ५४५ दुर्घटना भएका थिए । अघिल्लो आवको तुलनामा दुर्घटना र मृतकको सङ्ख्या घटेको छ । ती दुर्घटनामा परी ९९९ जना घाइते भएका छन् । यस अवधिमा पूर्व पश्चिम लोकमार्गमा १३७ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा […]
पूरा पढ्नुहोस्
भरतपुर अस्पतालमा बिरामीको उच्च चाप
चितवन । भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ । सोमबार एकै दिन तीन हजार ३६८ जनाले सेवा लिएका छन् । बिरामीको चाप बढ्दा व्यवस्थापन जटिल बन्ने गरेको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार ५८९ स्वास्थ्य बिमाका छन् । बाँकी ७८९ बिमा नभएका बिरामी हुन । उपचारका लागि आएकामध्ये ६८७ जना […]
पूरा पढ्नुहोस्
भरतपुर आँखा अस्पतालबाट तीन लाख ८१ हजार जनाले लिए सेवा
चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल र मातहतका अस्पताल तथा केन्द्रबाट गत आर्थिक वर्ष २०८२/०८३ मा तीन लाख ८१ हजार २६ जनाले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार त्यसअवधिमा भरतपुर आँखा अस्पतालबाट एक लाख ७९ हजार २६, उकालोको सिटि क्लिनिकबाट १९ हजार ५३८ तथा अन्य सबै […]
पूरा पढ्नुहोस्
चार महिनामा तीन हजार ४३५ विपद्का घटना
काठमाडौँ । गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन् । विपद्मा परेर ९८८ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार चार हजार ५३१ घर परिवार प्रभावित भएका छन् । सो अवधिमा सबैभन्दा बढी […]
पूरा पढ्नुहोस्
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको क्षतिबापत रु एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्जयजन्तुका कारण मानिसमा सामान्य […]
पूरा पढ्नुहोस्



