मधेश प्रदेश
एभरेष्ट महिला भलिबल लिग: मधेस, ललितपुर र कर्णालीको जित
कास्की । पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा आज सम्पन्न खेलमा मधेस, ललितपुर र कर्णाली विजयी भएका छन् । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज साँझ सम्पन्न तेस्रो खेलमा मधेस युनाइटेडले घरेलु टोली पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । मधेसले पहिलो र दोस्रो सेट समान २५–१९ र तेस्रो सेट २५–२३ […]
पूरा पढ्नुहोस्
चुरे क्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट : जसपा अध्यक्ष यादव
सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरेक्षेत्रको वन विनाश र अव्यवस्थित विकासका कारण मधेसमा पानीको गम्भीर सङ्कट उत्पन्न भएको बताउनुभएको छ । आज यहाँ जसपा नेपालको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसमा सुक्खा समस्या चुरे फँडानी र अव्यवस्थित मदन भण्डारी राजमार्ग निर्माणको परिणाम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले २०–२५ […]
पूरा पढ्नुहोस्
पर्साका पालिकामा समय सीमाभित्र बजेट पारित नहुँदा स्थानीयवासीलाई सास्ती
वीरगञ्ज : पर्साको धोबिनी गाउँपालिकाले गत असार मसान्तभित्र गाउँसभाबाट चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ल्याउन सकेन । गाउँपालिकाले समयमै बजेट नल्याएपछि विकास निर्माणका गतिविधि नै ठप्प छन् । कर्मचारीले तलबभत्ता बुझ्न नपाएको मात्र होइन गाउँपालिकाले भूमि तथा मालपोत कर पनि बुझ्न पाएको छैन । समयमै बजेट नल्याएका पर्साकै कहाँ मैनपुर र विन्दवासिनी गाउँपालिका […]
पूरा पढ्नुहोस्
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा १२ हजार पिन्ट रक्त संकलन
काठमाडौँ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र र यसका सह–संस्थाहरूले पूर्वप्रशासिका दादी प्रकाशमणिजीको १६औँ पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा विशेष रक्तदान अभियान सञ्चालन गरेको छ । अभियानमार्फत भदौ ६ देखि ९ गतेसम्म विभिन्न शहरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ११ हजार ९१६ पिन्ट रक्त संकलन भएको केन्द्रले जानकारी दिएको छ । यस अभियानमा नेपालका १५ भन्दा […]
पूरा पढ्नुहोस्
वीरगञ्जका स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेक विदा नदिइने
वीरगञ्ज । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यहाँ झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय […]
पूरा पढ्नुहोस्
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
सिरहा । लहान नगरपालिका–४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार गर्दै आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ । करिब छ महिनाअघि अस्पताललेबहिरङ्ग (ओपिडी) सेवा प्रारम्भ गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा सञ्जयप्रसाद साहका अनुसार मुटु सम्बन्धी सम्पूर्ण परीक्षण प्रयोगशालामा न्यूनतम शुल्कमा सुरुआत गरिएको छ । काठमाडौँको सहिद गङ्गालाल अस्पतालमा रु एक हजार पाँच सय रुपैयाँ […]
पूरा पढ्नुहोस्
बजेटको कारण देखाउँदै ‘स्यालो ट्युबवेल’ वितरण कार्यक्रम रोकियो
धनुषा, ४ भदौ । ‘सुक्खा क्षेत्र सहयोग कार्यक्रम’ मार्फत मधेस प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई वितरण गर्ने भनिएको स्यालो ट्युबवेलका लागि बजेट अपुग हुने भएपछि हालका लागि कार्यक्रम स्थगित गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु १८ करोड बजेट विनियोजन गरी एक हजार २०० स्यालो ट्युबवेल वितरण गर्ने […]
पूरा पढ्नुहोस्
चक्कु प्रहारबाट युवाको मृत्यु
रौतहट, ४ भदौ । रौतहटको यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको चक्कु प्रहारबाट मृत्यु भएको छ । बुधबार अपराह्न ३ बजेतिर गौर नगरपालिका–३ का सोनु भन्ने सनोज रामसँग वादविवाद हुँदा रामले चक्कु प्रहार गर्दा निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गौर नगरपालिका–८ बाँसघारीमा गाँजा सेवन गर्ने क्रममा बादविवाद हुँदा रामले […]
पूरा पढ्नुहोस्
‘मधेस प्रदेश इँटा उत्पादनमा देशकै अग्रणी’
जनकपुर, ५ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी रहेको बताउनुभएको छ । नेपाल इँटा उद्योग महासङ्घ, मधेस प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको बुधबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँ उखु, आँप, माछा, धानलगायतको उत्पादनमा जस्तै इँटा उत्पादनमा पनि मधेस प्रदेशको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । मुलुकभर रहेका करिब एक […]
पूरा पढ्नुहोस्
कोशी, बागमती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
काठमाडौँ, ५ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी […]
पूरा पढ्नुहोस्



