१० कार्तिक २०८३, मङ्गलबार

समाज

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी । चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन् । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । ‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत आरोहणका लागि आएका पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन् । आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटनकर्मी […]

पूरा पढ्नुहोस्

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

दमौली । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणमा प्रगति गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गत आर्थिक वर्षमा नगर क्षेत्रमा ६ दशमलव ४६ किलोमिटर नयाँ सडक ‘ट्र्याक’ खोलिएको छ । नगरपालिकाले सो अवधिमा ३ दशमलव ३९ किलोमिटर सडक कालोपत्र तथा ढलान गरेको […]

पूरा पढ्नुहोस्

सेनाको पोष्टमा लगिएको बिजुलीको तारमा करेन्ट लागेर मर्‍यो ‘रोनाल्डो’

चितवन । जङ्गली हात्ती ‘रोनाल्डो’ मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको बरन्डाभारमा विद्युतीय तार रहेका अवस्थामा हात्ती आज मृत भेटिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार टिकौली गेटबाट बरन्डाभार पोष्टमा लगिएको विद्युतीय तारमा परेर हात्ती मरेको अवस्थामा फेला परेको हो । उहाँका अनुसार १६ फिट माथिबाट तानिएको प्लास्टिकले बेरिएको (कोटेट) हात्तीको मुखमा […]

पूरा पढ्नुहोस्

भरतपुरमा तेस्रो संस्करणको अङ्कुरम्–नमुना राष्ट्र सङ्घीय कार्यक्रम उद्घाटन

चितवन । चितवनको भरतपुरमा तेस्रो संस्करणको ‘अङ्कुरम्–मोडल युनाइटेड नेसन्स’ कार्यक्रम सुरु भएको छ । भरतपुर–७, कृष्णपुरस्थित अङकुरम् एकेडेमीमा तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको शनिबार उद्घाटन गरिएको हो । चितवन, नवलपुरलगायतका १२ विद्यालयका २१६ विद्यार्थी सहभागी कार्यक्रममा संयुक्त राष्ट्रसंघीय अभ्यासमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, नेतृत्व, सार्वजनिक वक्तृत्व तथा समसामयिक विश्वका विविध विषयमा अध्ययन, अनुसन्धान र छलफल गरिनेछ […]

पूरा पढ्नुहोस्

भोटेकोशी बाढीमा बेपत्ता भएका मध्यविन्दुका १२ जनाको परिवारलाई राहत हस्तान्तरण

नवलपुर । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का व्यक्तिको परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । जिल्लाको नवलपुर उद्योग वाणिज्य सङ्घ कावासोतीले मध्यविन्दु उद्योग वाणिज्य सङ्घ तथा स्थानीय पालिकासँगको समन्वयमा वेपत्ता व्यक्तिका घरमा गई उनीहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । नवलपुर उद्योग वाणिज्य सङ्घ कावासोतीको […]

पूरा पढ्नुहोस्

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली । तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । विगत केही वर्षदेखि जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर छ भने माछामा भने आत्मनिर्भर नरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले प्रति व्यक्ति प्रति वर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा […]

पूरा पढ्नुहोस्

शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने

नारायणगढ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटस्थित स्थानमा स्मृति उद्यान निर्माण गरिने भएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गणेश अर्यालले शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटमा स्मृति उद्यान निर्माण गर्ने विषयमा छलफल गरिनुका साथै त्यसका लागि […]

पूरा पढ्नुहोस्

अङ्कुरम् एकेडेमीमा भोलिदेखि नमुना संयुक्त राष्ट्र सङ्घीय कार्यक्रम

चितवन । चितवनको भरतपुरमा रहेको अङ्कुरम् एकेडेमीको आयोजनामा भोलि शनिबारदेखि विद्यालयमा नमुना संयुक्त राष्ट्र सङ्घीय (एमयुएन) इभेन्ट तेस्रो संस्करण हुने भएको छ । असोज ५ गतेसम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थीहरुले संयुक्त राष्ट्र सङ्घको महासभामा हुने कार्यक्रमको अभ्यास गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । एमयुएन इभेन्टका सल्लाहकार एवम् अङ्कुरम् एकेडेमीका प्रिन्सिपल सुमन पौडेलले […]

पूरा पढ्नुहोस्

कृष्णभिरमा असोज १ गतेदेखि नियमित सडक सञ्चालन हुने

चितवन । कृष्णभिरमा नयाँ ‘ट्र्याक’ खोलेर असोज १ गते बिहीबारदेखि दुईतर्फी  यातायात सेवा सञ्चालन गरिने भएको छ । त्रिशूलीमा आएको बाढीबाट सडकको तल्लो भाग बगाएपछि त्यस ठाउँमा उक्त राजमार्ग यही भदौ १४ गते  यातायात सेवा  सञ्चालन गर्न नमिल्ने गरी भासिएको थियो । सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध बनेको सो राजमार्ग यही भदौ १८ गतेदेखि नजिकै रहेको […]

पूरा पढ्नुहोस्

बाढीप्रभावित क्षेत्रमा सिएमसीको नि:शुल्क स्वास्थ्य शिविर

चितवन । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बाढीप्रभावित क्षेत्रमा चिकित्सक टोली  पठाएको छ । अस्पतालले आज बाढी प्रभावित नुवाकोट र रसुवामा सेवा दिन विशेषज्ञ चिकित्सकसहित २१ जनाको टोली पठाएको हो । टोलीले आगामी असोज ५ गतेसम्म बाढीप्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निःशुल्क स्वास्थ्य उपचार सेवा दिनेछ । टोलीको नेतृत्व गर्नुभएका डा […]

पूरा पढ्नुहोस्