Close up horizontal front portrait of attractive young indian woman with serious expression on face
६ भाद्र २०८२, शुक्रबार १६:१३
चितवन, ६ भदौ । भारतको उत्तर प्रदेशको कन्नौजमा एक महिलामाथि उनका पति द्वारा गरिएको क्रूर हिंसाको घटना सार्वजनिक भएको छ। १४ वर्षअघि विवाह गरेकी गुड्डी देवीले लागूपदार्थको लतमा फसेका पति पप्पुसँगको निरन्तर झगडाबाट थकित भएर मामाघरमा बस्न थालेकी थिइन्।
एक दिन काम सकेर घर फर्किँदै गर्दा पप्पुले उनलाई बाटोमा रोकेर घर फर्कन आग्रह गरे। गुड्डीले अस्वीकार गरेपछि पप्पुले उनलाई खेत नजिकको झाडीमा घिसार्दै लगे, घाँटी थिचेर कुटपिट गरे र दाँतले नाक टोकेर काटे। गम्भीर घाइते गुड्डीलाई अस्पताल भर्ना गरियो र पछि कानपुर रेफर गरियो।
गुड्डीको उजुरीपछि प्रहरीले पप्पुविरुद्ध मुद्दा दर्ता गरी खोजी सुरु गरेको छ। यसअघि पनि पप्पुले गुड्डीमाथि चक्कु प्रहार गरेका थिए र जेल परेका थिए, तर जमानतमा छुटेपछि पुनः हिंसात्मक आक्रमण गरेका हुन्





प्रतिकृया दिनुहोस्