१० कार्तिक २०८३, मङ्गलबार

आर्थिक

शतचण्डी महायज्ञ एवम् देवघाट माघ महोत्सवमा दुई करोड ३४ लाख आम्दानी

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा सञ्चालित शतचण्डी महायज्ञ एवम् देवघाट महोत्सवमा कुल दुई करोड ३४ लाख ५२ हजार रुपैयाँ आम्दानी भएको छ । माघ १९ देखि फागुन ३ गतेसम्म सञ्चालित महायज्ञ एवम् देवघाट महोत्सव स्थलमा नगद र बोलकबोल रकम गरी दुई करोड ३४ लाख ५२ हजार रुपैयाँ आम्दानी भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

पूरा पढ्नुहोस्

पेट्रोलमा रु १ बढ्दा डिजलमा रु ३ बढ्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५६ कायम भएको छ […]

पूरा पढ्नुहोस्

एउटै किसानले बेचे रु २० लाखको सुन्तला

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु २० लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नुभएको छ । १५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्नुभएका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडि सुन्तला टिपेर बजार पठाउँदा सामान्य अवस्थाको तुलनामा दोब्बर बढी मूल्यमा बिक्री गर्नुभएको हो । श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल तथा तरकारी फार्मबाट प्रतिकिलोग्राम रु […]

पूरा पढ्नुहोस्

मुग्लिन–मलेखु सडकः कालोपत्र तीव्र

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न […]

पूरा पढ्नुहोस्

भारत सरकारद्वारा नेपाललाई सहयोग स्वरुप सवारीसाधान हस्तान्तरण

काठमाडौँ । भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरुप तेस्रो चरणमा २२३ वटा सवारी साधान हस्तान्तरण गरेको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रतिकात्मकरुपमा ती सवारी साधन हस्तान्तण गर्नुभयो । यसअघि भारतले पहिलो चरणमा ६१ वटा र दोस्रो चरणमा २५४ वटा सवारी साधान […]

पूरा पढ्नुहोस्

डेरी एक्स्पोको गाई प्रदर्शनीमा कामना कृषि फर्मको गाई सर्वोत्कृष्ट

चितवन । चितवनमा आयोजित राष्ट्रिय गाई प्रदर्शनी प्रतियोगितामा रत्ननगरस्थित कामना कृषि तथा पशुपक्षी फर्मको अर्जुन ढकालको गाई सर्वोत्कृष्ट घोषित भएको छ । ४०० पूणाङ्कमध्ये ३६२.५ अङ्क प्राप्त गर्दै उक्त गाई प्रथम बनेको हो । दूध उत्पादनमा अग्रणी मानिएको चितवनमा पहिलो पटक यस प्रकारको प्रतिस्पर्धात्मक मूल्याङ्कनसहितको गाई प्रदर्शनी आयोजना गरिएको हो । भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा […]

पूरा पढ्नुहोस्

चितवनमा पालिएका कुखुरामा इकोलाईको समस्या

चितवन । जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ । राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा चालु आर्थिक वर्षको साउन यता ४३२ वटा कुखुराको परीक्षण गर्दा सबैभन्दा धेरै इकोलाईको समस्या देखिएको हो । कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार परीक्षण गरिएका कुखुरामध्ये ६२ प्रतिशतमा यो रोगको समस्या देखिएको छ । उहाँका अनुसार मरेको कुखुराको कलेजोको नमूना परीक्षण […]

पूरा पढ्नुहोस्

नवलपुरका मतदाता भन्छन् : चुनावी नारा, अझै छन् अधुरा

नवलपुर । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा नवलपुरका मतदाताहरु भने नेताहरुले गरेको चुनावी बाचा सम्झिन थालेका छन् । यस अघिका निर्वाचनमा उम्मेदवारहरुले गरेका चुनावी बाचा केही पूरा भए पनि धेरै अधुरा नै रहेका मतदाताहरु बताउँछन् । नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा रहेको नारायणी नदी कटान, मानव वन्यजन्तु […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै

नवलपुर । नवलपुरको गैँडाकोटमा जिल्लाकै ठूलो धन राशिको राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी फागुन १ देखि गैँडाकोटमा हुने पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख पुरस्कार हात पार्नेछ । गैँडाकोट–९ स्थित नवजागरण खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उपविजेताले रु दुई लाख परस्कार पाउने मङ्गलबार आयोजित पत्रकार […]

पूरा पढ्नुहोस्

म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दी । यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार ५१५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ । जिल्लाका विभिन्न ठाउँका बगैँचामा बाली कटानी गरेर सुन्तला उत्पादनको […]

पूरा पढ्नुहोस्