शिक्षा
त्रिविमा संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषद्को बैठकले आगामी वर्षदेखि मानविकी सङ्कायअन्तर्गत संस्कृत विषयमा विद्यावारिधि प्रदान गर्ने निर्णय गरेको सङ्कायका सहायक डिन डा बामदेव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय दिनभित्रमा मानविकी सङ्कायका सबै परीक्षाका नतिजा प्रकाशित […]
पूरा पढ्नुहोस्
बिनाअनुमति सञ्चालित शैक्षिक परामर्श केन्द्र बन्द गर्न निर्देशन
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक परामर्श केन्द्र तथा वैदेशिक सेवा प्रदायक संस्थालाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै प्रचलित कानुन बमोजिम अधिकार प्राप्त संस्थाबाट स्वीकृत÷इजाजतपत्र नलिइ सञ्चालित शैक्षिक परामर्श केन्द्र र वैदेशिक रोजगार सेवा प्रदायक संस्था बन्द गराउन वा नवीकरण गर्न निर्देशन […]
पूरा पढ्नुहोस्
कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर
मोरङ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमा २० लाख ८४ हजार २१९ मत खसेको मध्ये १९ लाख ५३ हजार ३७२ मत सदर भएको थियो । निर्वाचनमा […]
पूरा पढ्नुहोस्
विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान
प्रकाश सिलवाल काठमाडौँ । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको पहिलो रोजाइमा जापान पर्न थालेको छ भने विदेश गएर सबैभन्दा बढी व्यवस्थापन विषय पढ्ने गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपालीका लागि दिइएको पूर्वस्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) को गत आर्थिक वर्ष र […]
पूरा पढ्नुहोस्
शाइनिङ स्कुलले बनायो जिल्लाकै पहिलो फुटसल मैदान (भिडियो)
नवलपुर । नवलपुरको गैँडाकोटस्थित शाइनिङ इङ्गलिस माध्यमिक विद्यालयले जिल्लामै पहिलोपटक विद्यालयमा फुटसल मैदान निर्माण गरेको छ । नवलपुरको कुनै पनि विद्यालयमा फुटसल मैदान नभएको अवस्थामा शाइनिङले रु ६५ लाख खर्च गरेर फुटसल मैदान बनाएका पत्रकार सम्मेलनमा जानकारी दिएको छ । विद्यालयका प्रधानाध्यापक डा लक्ष्मीप्रसाद दवाडीले विद्यार्थीहरुलाई पढाइसँगै खेलकुदमा पनि सहभागी बनाउनुपर्छ भनेर फुटसल मैदान निर्माण […]
पूरा पढ्नुहोस्
अङ्कुरम् एकेडेमीमा प्रारम्भिक बाल विकास तथा मोन्टेश्वरी शिक्षा तालिम
चितवन । चितवनको भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले अभिभावकीय भूमिका बहन गर्दै चितवन र नवलपुरका ५२ वटा पूर्वप्राथमिक विद्यालय (प्रिस्कुल)का ११० जना शिक्षक÷शिक्षिकालाई प्रारम्भिक बाल विकास तथा मोन्टेश्वरी तालिम प्रदान गरेको छ । विद्यालयले ‘जीवनभरको सिकाइका लागि बलियो आधार निर्माणका लागि गुणस्तरीय प्रारम्भिक बाल शिक्षा’ विषयमा तालिम दिएको हो । पूर्वप्राथमिक विद्यालयका शिक्षकहरूलाई बालकेन्द्रित शिक्षण विधि […]
पूरा पढ्नुहोस्
जिपको ठक्करबाट विद्यार्थीको मृत्यु
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अर्का एक विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका देवचुली–१४ का १४ वर्षीय रिप्सन सुनारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो । गम्भीर […]
पूरा पढ्नुहोस्
अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु
चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ खेलकुद सप्ताह सुरु भएको छ । कृष्णपुरस्थित खेलकुद मैदानमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच खेलकुद सप्ताहको उद्घाटन गरिएको हो । कार्यक्रममा विद्यालयका प्राचार्य सुमन पौडेलले बेलुन उडाएर खेलकुद सप्ताहको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीमा अनुशासन, सहकार्य, नेतृत्व र प्रतिस्पधी […]
पूरा पढ्नुहोस्
गैँडाकोटमा दोस्रो अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन
नवलपुर । नवलपुरको गैँडाकोटमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन सुरु भएको छ । गैँडाकोट–२ मा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा शुक्रबार सुरु भएको सम्मेलनमा नेपालसहित विभिन्न ६ देशका अनुसन्धानकर्ताहरुको सहभागिता रहेको छ । सम्मेलनका संयोजक एवम् अक्सफोर्ड कलेजका अनुसन्धान विभाग प्रमुख प्राध्यापक डाक्टर वसन्तप्रसाद अधिकारीकाअनुसार यस दोस्रो अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलनमा दिगो विकास, […]
पूरा पढ्नुहोस्
गुरुङ विद्यार्थीको राष्ट्रिय पार्सद भेला चितवनमा
चितवन । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रीय कार्यसमितिको चितवनमा हुने राष्ट्रिय पार्सद सभाको तयारी पूरा भएको छ । छोंज धींले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको छ । पुस २६ र २७ गते भरतपुर–२ स्थित तीन खोले गुम्बामा हुने राष्ट्रिय पार्सद सभामा देशका विभिन्न ३२ जिल्लाबाट प्रतिनिधि एवम् पर्यवेक्षक गरी […]
पूरा पढ्नुहोस्



