शिक्षा
नेप्से परिसूचक ११ दशमलव ५२ अङ्कले घट्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११ दशमलव ५२ अङ्कले ओरालो लागेको छ । नेप्सेका अनुसार आजको कारोबारमा परिसूचक शून्य दशमलव ४२ प्रतिशतले घटेर दुई हजार ७०८ दशमलव २५ अङ्कमा कायम भएको हो । आज विभिन्न ३३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ५८ हजार ८७ पटक रु चार अर्ब […]
पूरा पढ्नुहोस्
क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्या निरन्तर ओरालो
म्याग्दी । जिल्ला सदरमुकाम बेनीमा रहेको एकमात्र म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थी सङ्ख्या पछिल्लो तीन वर्षयता निरन्तर ओरालो लागेको छ । सदरमुकाम बाहिर बाबियाचौरको मङ्गला शिक्षा क्याम्पसमा एक सय १२ र घारको मुक्तिमार्ग क्याम्पसमा विद्यार्थी सङ्ख्या ५५ जना छ । समुदायस्तरबाट सञ्चालित तीनवटै क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हुन् । […]
पूरा पढ्नुहोस्
भिपिएन प्रयोग गरी मोबाइल नचलाउन साइबर ब्युरोको आग्रह
चितवन । सामाजिक सञ्जाल चलाउनका लागि भिपिएन प्रयोग नगर्न नेपाल प्रहरीको साइबर ब्युरोले सेवाग्राहीलाई आग्रह गरेको छ । सरकारले सूचीकृत नभएका फेसबुक, युट्युब, ट्विटर लगायतका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्नुअघि गएको बुधबार सूचना निकालेर ब्युरोले भीपीएन प्रयोग नगर्न आग्रह गरेको हो । भिपिएन प्रयोग गर्दा व्यक्तिगत विवरण चुहावट हुन सक्ने, बैंकिङ एप […]
पूरा पढ्नुहोस्
बच्चालाई डाइपर लगाउने उमेर कहिलेसम्म ?
चितवन । आजकल साना बच्चाहरूका लागि प्रयोग गरिने डाइपर धेरै अभिभावकका लागि सुविधा बनेको छ। यसले बच्चालाई बाहिर लैजाँदा पिसाब वा दिसा गरेर लुगा फोहोर हुने चिन्ता हटाएको छ। तर यही सुविधा कहिलेसम्म उपयुक्त हो भन्ने विषयमा अझै धेरै अभिभावक अनभिज्ञ छन्। धेरै अभिभावकले आफ्ना बच्चालाई ३–४ वर्ष वा सोभन्दा बढी उमेरसम्म पनि डाइपर लगाइरहेका छन्। […]
पूरा पढ्नुहोस्
जापनीज इन्सेफलाइटिसबाट एक महिनामा नवलपुरका तीन जनाको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक महिनाको अवधिमा जापनीज इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु भएको छ । साउन २० देखि हालसम्म जिल्लामा जापनीज इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जापनीज इन्सेफलाइटिस जिल्लाको मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला तथा […]
पूरा पढ्नुहोस्
चुरे क्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट : जसपा अध्यक्ष यादव
सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरेक्षेत्रको वन विनाश र अव्यवस्थित विकासका कारण मधेसमा पानीको गम्भीर सङ्कट उत्पन्न भएको बताउनुभएको छ । आज यहाँ जसपा नेपालको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसमा सुक्खा समस्या चुरे फँडानी र अव्यवस्थित मदन भण्डारी राजमार्ग निर्माणको परिणाम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले २०–२५ […]
पूरा पढ्नुहोस्
विद्यार्थीको सिकाइमा अन्तर्राष्ट्रिय आयामः इडेन गार्डेन स्कुलको जयपुरस्थित महेश्वरी स्कुलसँग सहकार्य
चितवन । भरतपुर–१० मा रहेको इडेन गार्डेन इङ्लिस सेकेण्डरी स्कुलले भारतको जयपुरस्थित महेश्वरी पब्लिक स्कुलसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरको सिकाइको ढोका खोलेको छ । स्कुलले कक्षाकोठा र किताबी ज्ञानलाई मात्र पर्याप्त नमानी एक्काइसौँ शताब्दीको विद्यार्थीलाई व्यवहारिक ज्ञान आवश्यक छ भन्ने मान्यता लिँदै अन्तर्राष्ट्रिय स्तरको विद्यालयसँग सहकार्य गरेको विद्यालयका शैक्षिक संयोजक प्रकाश सुवेदीले बताउनुभयो । महेश्वरी […]
पूरा पढ्नुहोस्
‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’
चितवन । सङ्घीय संसद्मा पेस भएको विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलित निजी विद्यालयका संगठन प्याब्सन, एनप्याब्सन, हिसान, अपिनलगायतका संस्थाद्वारा बुधबार विरोधस्वरूप खबरदारी सभाको आयोजना गरिएको छ । भरतपुरस्थित चौबिसकोठी चोकमा भएको खबरदारी सभामा चितवनका सम्पूर्ण पालिकाका निजी विद्यालयमा कार्यरत, प्रधानाध्यापक, शिक्षक÷शिक्षिका तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । निजी विद्यालय बन्द हुनेगरी ल्याउन खोजिएको ऐनले निजी विद्यालयको […]
पूरा पढ्नुहोस्
एम्स एब्रोड एजुकेशनको चाडपर्व अफर : दुई हजारमै जापानिज भाषा पढ्न पाइने
नवलपुर । विगत लामो समयदेखि विद्यार्थी भिषामा जापान पठाउँदै आएको एम्स एब्रोड एजुकेशनले विद्यार्थी लक्षित चाडपर्व अफर सार्वजनिक गरेको छ । नवलपुरको गैँडाकोट–५ कालिगण्डकी चोकमा रहेको एम्सले यही भदौ र असोज महिनामा भर्ना हुने विद्यार्थीको लागि प्रति महिना दुई हजार रुपैयाँ शुल्कमा जापानिज भाषा पढाउने जनाएको छ । आज बिहान आयोजित पत्रकार सम्मेलनमा एम्सका सञ्चालक […]
पूरा पढ्नुहोस्
अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ । हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि सुनखोलासम्म ढकमक्क फुलेका पोथ्रे गुराँसले आधार शिविर जाने पर्यटकलाई स्वागत गरिरहेका छन् । जेठदेखि भदौसम्म यो पदमार्गमा पोथ्रे गुराँस ढकमक्क फुलेका भेटिन्छन् । वनस्पतिबारे […]
पूरा पढ्नुहोस्



