स्वास्थ्य – जीवनशैली
रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम, तीन चेपाङ बालबालिकाले गुमाए ज्यान
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन् । उनीहरू एउटै परिवारका सदस्य हुन् । राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी
चितवन । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो अत्यधिक बढेको छ । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि सोमबार जाँचका लागि बहिरङ्ग (ओपिडी) मा टिकट काट्ने लाइनमा सेवाग्राहीको घुइँचो बढेको हो । सोमबार मात्रै बिमा र गैरबिमा सेवामार्फत तीन हजार २४४ भन्दा बढी बिरामीले सेवा लिएका अस्पतालका जनस्वास्थ्य अधिकृत […]
पूरा पढ्नुहोस्
चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या एक हजार २६० पुगेको छ । गत पाँच महिना अर्थात् सन् २०२६ मा मात्र ३९ जना सङ्क्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डा प्रमोद पौडेलले जानकारी दिनुभयो । सङ्क्रमितले पहिचान लुकाउँदा एचआइभी हुनेको सङ्ख्या वृद्धि हुने जोखिम बढेको र निर्दाेष व्यक्ति सङ्क्रमित हुने […]
पूरा पढ्नुहोस्
गैँडाकोटमा राष्ट्रिय साइकिलिङ प्रतियोगिता हुँदै, पहिलो हुनेलाई २५ हजार रुपैयाँ
नवलपुर । नवलपुरको गैँडाकोटमा जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले राष्ट्रिय राइकिलिङ प्रतियोगिता २०८३ हुने भएको छ । गैँडाकोट नगरपालिकासँगको सहकार्यमा लियो क्लब अफ गैँडाकोट मौलाकालिकाको आयोजनामा जेठ २ गते साइकिलिङ प्रतियोगिता हुन लागेको हो । कालिगण्डकी करिडोरको १० किलोमिटर सडकखण्डमा हुने प्रतियोगिताको मुख्य उद्देश्य जलवायु परिवर्तनबारे सचेतनासँगै साइकिलिङ संस्कृतिको प्रवद्र्धन, स्थानीय पर्यटकीय क्षेत्रलाई प्रोत्साहनरहेको आज […]
पूरा पढ्नुहोस्
क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने
चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत चयन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले सात दिनभित्र आवेदन पेस गर्न सक्ने जनाएको छ । सूचनामा अस्पतालको ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क)मा उल्लेख भएबमोजिम योग्यता […]
पूरा पढ्नुहोस्
पाल्पाको ‘अक्सिजन प्लान्ट’ पुनः सञ्चालनमा
पाल्पा । विगत दुई वर्षदेखि बन्द रहेको यहाँस्थित पाल्पा अस्पतालको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भार गरी प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो । कोभिड–१९ का बेला सङ्घीय सरकारको बजेटबाट निर्मित सो प्लान्ट केही वर्षयता बिग्रिएको थियो । हाल प्लान्ट सञ्चालनमा आएसँगै जिल्लामा लामो समयदेखि अक्सिजन अभावको समस्या समाधान हुने […]
पूरा पढ्नुहोस्
चितवनका ७२ जनामा क्षयरोग पुष्टि
चितवन । जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२ जनामा क्षयरोग पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा उक्त उपकरणको सहायताले क्षयरोगको पहिचान गरेको हो । कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीले साउनयता एआई एक्सरे उपकरणको सहायताले चार हजार ७१ को परीक्षण गर्दा ७२ […]
पूरा पढ्नुहोस्
सांसद प्रभा ढकाल भन्छिन्ः गुणस्तरीय र बिरामीमैत्री सेवा देऊ
चितवन । चितवनकी संघीय सांसद् प्रभा ढकालले चितवनको भरतपुरमा रहेको वीपी कोइराला क्यान्सर अस्पतालको बेथिति अन्त्य गर्दै गुणस्तरीय र बिरामीमैत्री सेवा दिनुपर्ने माग गरेकी छिन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा आफ्ना भनाइ राख्दै ढकालले क्यान्सर अस्पतालमा बेथिति व्यप्त भएको उल्लेख गरिन् । उनले उपचार नपाएर गरिब र असहाय बिरामीहरुले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था […]
पूरा पढ्नुहोस्
चितवनमा चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
चितवन । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’विरुद्धको खोप अभिान सुरुआत गरिने भएको छ । जिल्लाको माडी नगरपालिकामा १८ हजार ८११ जना र भरतपुर महानगरपालिका–१९ मा चार हजार २०४ जनालाई खोप लगाउन लागिएको हो । जनस्वास्थ्य कार्यलयका प्रमुख निर्मल घिमिरेले अभियान यही चैत ३० गतेसम्म सञ्चालन हुनेछ । खोप लगाउन नपाएका ३० वर्ष उमेर […]
पूरा पढ्नुहोस्
नवलपुरमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन् । खोप लगाउनेमा १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला रहेका छन् । जिल्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा हालसम्म उल्लेखनीय प्रगति देखिएको र मङ्गलबारसम्म लक्षित जनसङ्ख्याको ३१ दशमलव […]
पूरा पढ्नुहोस्



