समाचार
एक वर्षमा दमौली अस्पतालबाट एक लाख सेवाग्राही लाभान्वित
तनहुँ, ४ भदौ । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीले एक वर्षमा एक लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा एक लाख सात हजार ९८३ जनालाई सेवा दिएको हो । विभिन्न सेवा थप भएसँगै सेवाग्राहीको सङ्ख्या बढेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताउनुभयो । आव २०८०/८१ मा ९८ हजार […]
पूरा पढ्नुहोस्
पुरुष क्रिकेटः मेलबर्नमाथि नेपाल विजयी
काठमाडौँ, ४ भदौ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । यसअघि मङ्गलबार भएको आफनो चौथो खेलमा नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै विजयी भएको थियो । डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा आज भएको खेलमा नेपालले दिएको एक […]
पूरा पढ्नुहोस्
विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ
कैलाली, ४ भदौ । विश्वकर्मा पूजा आउन करिब एक महिना बाँकी रहँदा यहाँ विश्वकर्माको मूर्ति बनाउन सुरु मूर्तिकारलाई भ्याइनभ्याइ भएको छ । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजाका दिन विश्वकर्माको पूजाआराधना गर्दै यहाँ उत्सव मनाउने प्रचलन रहेको छ । धनगढी उपमहानगरपालिका–२ भन्सारका मूर्तिकार महेन्द्रकुमार शाहले असोज १ गते मूर्तिको माग बढी हुने भएकाले अहिलेदेखि […]
पूरा पढ्नुहोस्
नेप्से परिसूचक नौ दशमलव ७० अङ्कले घट्यो
काठमाडौँ, ४ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ७० अङ्कले घटेर दुई हजार ७६७ दशमलव २० को विन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको एक करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर ५३ हजार ८५३ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २० करोड सात लाख ५३ हजार ८६८ बराबरको कारोबार […]
पूरा पढ्नुहोस्
सूचना नपाएको सूचना अधिकारीको गुनासो
खोटाङ, ४ भदौ । दिक्तेलमा मङ्गलबार आयोजित सूचनाको हकसम्बन्धी छलफलमा सहभागी जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालयबाट आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना भने प्राप्त नहुने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले कार्यालय प्रमुखहरूले नै पत्रकार तथा नागरिकलाई सूचना उपलब्ध गराउन आनाकानी गर्ने गरेको बताउनुभयो […]
पूरा पढ्नुहोस्
सरकारले चितवनको खैरहनी नगरपालिकासहित छ स्थानीय तहलाई सम्मान गर्ने
काठमाडौँ, ४ भदौ । चितवनको खैरहनी नगरपालिकासहित उत्कृष्ट नतिजा ल्याउने मुलुकका छ वटा स्थानीय तहलाई सङ्घीय सरकारले सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो । ‘गाउँपालिका/नगरपालिकाको […]
पूरा पढ्नुहोस्
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
कर्णाली, ४ भदौ । कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । विसं २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ ४ गते कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक सङ्घ संस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय […]
पूरा पढ्नुहोस्
उत्तरी पाकिस्तानमा मनसुनी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो
बार डालोरी, पाकिस्तान, ३ भदौ (रासस/एएफपी) । पाँच दिनदेखिको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको र अधिकारीहरूले मनसुनी वर्षा सप्ताहन्तसम्म जारी रहने चेतावनी दिएपछि उद्धारकर्ता र स्थानीयबासिन्दाले मङ्गलबारदेखि जीवित व्यक्तिहरूको खोजी कार्य पुनः सुरु गरेका छन्। पाकिस्तानको उत्तरी क्षेत्रमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण एउटा पूरै गाउँ नै बगाएको […]
पूरा पढ्नुहोस्
किम जोङ उनद्वारा नयाँ युद्धपोत निरीक्षण, दक्षिण कोरिया–अमेरिका अभ्यासको आलोचना
सियोल, ३ भदौ (रासस/एपी) । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत युद्धपोत ‘चो ह्योन’ को निरीक्षण गर्दै दक्षिण कोरिया र अमेरिकाबीच सुरु भएको संयुक्त सैन्य अभ्यासको तीव्र आलोचना गर्नुभएको छ । उहाँले यस्तो अभ्यासलाई ‘शत्रुतापूर्ण’ भन्दै आणविक शक्ति विस्तारलाई अझै छिटो अघि बढाउने घोषणा गर्नुभयो । दक्षिण कोरिया–अमेरिकाको ‘उल्ची फ्रिडम सिल्ड’ नामक […]
पूरा पढ्नुहोस्
इटालीको भेन्टिना हिमनदी तीव्ररूपमा पग्लिँदै, अब टाढाबाट मात्र निगरानी सम्भव
रोम, ३ भदौ (रासस/एपी) । इटालीको भेन्टिना हिमनदी जलवायु परिवर्तनका कारण यति धेरै पग्लिएको छ कि भूगर्भविद्हरूले अब विगत एक सय ३० वर्षजस्तै प्रत्यक्ष रूपमा मापन गर्न सक्दैनन् । भेन्टिना हिमनदी उत्तरी लोम्बार्डीको सबैभन्दा ठूलो हिमनदीमध्ये एक हो । यस वर्षको तातो गर्मीपछि भूगर्भविद्हरूले हरेक वर्ष हिमनदीको फिर्ता मापन गर्न प्रयोग हुने आधारविन्दु (स्ट्याक) अब […]
पूरा पढ्नुहोस्



