समाचार
एक वर्षमा ३८३ जना सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी
जेनेभा, ३ भदौ (रासस/एएफपी) । सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । राष्ट्रसङ्घले यो तथ्याङ्क र जवाफदेहिताको अभावलाई अन्तर्राष्ट्रिय उदासीनताको ’लज्जास्पद अवस्था’को संज्ञा दिएको छ । सन् २०२४ को यो तथ्याङ्क अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको संयुक्त राष्ट्रसङ्घले विश्व मानवीय दिवसको अवसरमा जानकारी गराएको छ । […]
पूरा पढ्नुहोस्
हमासद्वारा युद्धविरामको प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग
जेरुसेलम, ३ भदौ (रासस/एएफपी) । इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव स्वीकार गरेपछि सरकार भविष्यमा गाजामा हुने कुनै पनि सम्झौतामा बन्धक बनाइएका सबैलाई रिहा गर्ने आफ्नो आह्वानमा अडिग रहेको बताएका छन्। करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले हमासले नयाँ चरणको वार्ताका लागि तयार रहेको सङ्केत गरेको एक दिनपछि मध्यस्थकर्ताहरूले यो योजनामा […]
पूरा पढ्नुहोस्
युक्रेनको सुरक्षा प्रत्याभूतिका लागि अमेरिकी हवाई सहयोग सम्भव: ट्रम्प
वासिङ्टन, ३ भदौ (रासस/एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्को र किएभबीचको वार्ता असफल भएमा ‘कठिन’ स्थिति उत्पन्न हुने चेतावनी दिँदै अमेरिकी हवाई सहयोग र युरोपेली स्थल सेना युक्रेनको सुरक्षा प्रत्याभूतिको हिस्सा हुन सक्ने बताउनुभएको छ । सोमबार ह्वाइट हाउसमा भेटेका युरोपेली सहयोगीहरूलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँग भन्नुभयो, “सुरक्षाको कुरामा उनीहरू यूरोपेली स्थल […]
पूरा पढ्नुहोस्
‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै
भोजपुर, ४ भदौ । टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य बनेको छ । यो स्थानमा पर्यटक आकर्षित गर्न पदमार्गलगायत भौतिक संरचना निर्माण गरिएको छ । यहाँका तीन ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवीलाई एकीकृत पर्यटकीय क्षेत्रको अवधारणाअनुसार विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नवराज […]
पूरा पढ्नुहोस्
मनसुन क्रमशः कमजोर हुँदै
काठमाडौँ, ४ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । […]
पूरा पढ्नुहोस्
गण्डकी प्राविधिक प्रतिष्ठानलाई एक अर्ब २५ करोड अनुदान प्राप्त हुँदै
काठमाडौँ, ४ भदौ । दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति रु एक अर्ब २५ करोड अनुदान सहयोग गर्ने भएको छ । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको उक्त शिक्षालयलाई प्रदान गरिने अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुने कार्यक्रम रहेको अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ ।
पूरा पढ्नुहोस्
एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’ बागलुङमा अझै जीवित
बागलुङ, ४ भदौ । अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरु । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका […]
पूरा पढ्नुहोस्
पचास वर्षपछि काभ्रेको भुम्लुबासीले पाए लालपूर्जा
काभ्रेपलाञ्चोक, ४ भदौ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गर्नुभएको हो । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं […]
पूरा पढ्नुहोस्
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा ८४ फिट अग्लो बुद्धको प्रतिमा बन्दै
काठमाडौँ, ४ भदौ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गाउँपालिकामा भगवान् गौतम बुद्धको ८४ फिट अग्लो प्रतिमा निर्माणलाई तीव्रता दिइएको छ । पाँचपोखरी थाङ्पालमा गाउँपालिका–७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुङ्गा) मा निर्माण भइरहेको उक्त प्रतिमा धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको गाउँपालिका अध्यक्ष टाशी लामाले बताउनुभयो । पालिकाले गौरवको योजनाका रूपमा प्रतिमा निर्माण चार वर्षदेखि सुरु […]
पूरा पढ्नुहोस्
बागलुङ, ३ भदौ । निसेलढोर गाउँमा विद्युत् सेवाको पहुँच अझै पुगेको छैन निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा झण्डै तीन सय घरमा स्थानीय बसोबास गर्छन् । फाट्टफुट्ट केही घरपरिवारले सोलार प्यानलमार्फत विद्युत् सुविधा उपयोग गरेपनि अधिकांश स्थानीय टुकी र दियालोकै भरमा छन् । नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटनभित्र पर्ने निसेलढोरमा खानेपानी, सडकको पहुँच पुगे पनि अहिलेसम्म […]
पूरा पढ्नुहोस्



