१० कार्तिक २०८३, मङ्गलबार

समाचार

उद्योगमार्फत आत्मनिर्भर बन्दै बर्दिबासका महिला

महोत्तरी, ३ भदौ । बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन् । आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेका हुन् । राजनीतिमा सक्रिय बर्दिबास–१२ चल्कीबिजलपुराकी प्रतिमा कोइरालाले दुई वर्षअघि दसैँताका केही गर्नुपर्छ भन्ने सोचसहित स्थानीय सामग्रीको सदुपयोग गरी […]

पूरा पढ्नुहोस्

गर्भवतीका लागि पोषण कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ, ३ भदौ । जिल्लाको व्यास नगरपालिकाद्वारा सञ्चालित ‘महिलासँग उपप्रमुख’अन्तर्गत गर्भवती महिला पोषण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बालबालिकालाई कुपोषणमुक्त र स्वस्थ बनाउने, नवजात शिशु र आमा दुवैको मृत्युदर घटाउने, स्वास्थ्य स्याहार र सुरक्षा उपलब्ध गराउने उद्देश्यले सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा २४३ जना गर्भवतीलाई पोषण प्रोत्साहन रकम […]

पूरा पढ्नुहोस्

बैतडीमा सरकारी सुविधा लिन उद्योग दर्ता, नपाउँदा बन्द

बैतडी, ३ भदौ । जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनि घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट्दै गएको देखिएको हो । गएका तीन वर्षमा यहाँ सात सय ५३ दर्ता हुने उद्योगमा साना र मझौला उद्योग छन् । तर प्रत्येक वर्ष घट्दो क्रममा रहेका छन् […]

पूरा पढ्नुहोस्

तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौँ २ भदौ । हिमालयन इन्टरनेसनल एकेडेमी नेपालले विभिन्न प्रतियोगितामा पदक जित्न सफल एसकेबीसी तेक्वान्दो डोजाङका खेलाडीलाई सम्मान गरेको छ । हिमालयन इन्टरनेसनल एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा टोखा नगरपालिका–५ का अध्यक्ष मदान गुरुङ र एसकेबीसी डोजाङका प्रमुख रन्जितबहादुर डङ्गौराले सुभासचन्द्र बोहरा, तुषारसिंह ठकुरी, दक्षता रावल, एलेक्सा पाण्डे, आभास देव, दिप्सन थापा र दिपन थापालाई […]

पूरा पढ्नुहोस्

सङ्कटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार

गोरखा, २ भदौ । ढिलो गरी वर्षा भएका कारण साउन महिना सकिन लाग्दा पनि गाउँले किसानहरुलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धानको रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षका चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा […]

पूरा पढ्नुहोस्

नेप्से परिसूचक बढ्यो

काठमाडौँ, २ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव १६ अङ्कले बढेर दुई हजार ७७० दशमलव ३९ विन्दुमा कायम भएको हो । आज ३२० कम्पनीको एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६७ हजार ९५९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब १७ […]

पूरा पढ्नुहोस्

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ

रुपन्देही, २ भदौ । प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, कानपुर नौवस्ति बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन् । उनको साथबाट विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती कागजात बनाउन प्रयोग हुने सामग्री बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र […]

पूरा पढ्नुहोस्

नवलपरासीको सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी, २ भदौ । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको छ । बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा २८८ दशमलव पाँच हेक्टर क्षेत्रफल, सुनवल नगरपालिकामा १७३ दशमलव ९९ हेक्टर क्षेत्रफल, रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा १५७ दशमलव ८२ हेक्टर क्षेत्रफल, प्रतापपुर र सुस्ता गाउँपालिकामा १२६ दशमलव ५१ हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको […]

पूरा पढ्नुहोस्

जापानिज इन्सेफ्लाइटिसबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपुर, २ भदौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–१ पतवारी निवासी ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । “जिल्लामा चालु आर्थिक वर्षमा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमध्ये एक जनाको निधन भएको छ”, […]

पूरा पढ्नुहोस्

गीतकार एवं साहित्यकार नन्दनको निधन

चितवन, ३ भदौ । गीतकार एवं साहित्यकार प्रेमविनोद श्रेष्ठ “नन्दन”को निधन भएको छ । आइतबार बेलुका ९ः२५ बजे ९० वर्षको उमेरमा उहाँको निधन भएको हो । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहाकार समेत रहनुभएका नन्दनको पार्थीव शरिरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धान्जली दिइएको छ । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष सहनलाल प्रधानका अनुसार गीतकार नन्दन क्यान्सर […]

पूरा पढ्नुहोस्