समाचार
चोरी गर्न बालबालिकालाई प्रयोग बढ्दो
चितवन, २ भदौ । गत एक वर्षमा विभिन्न अपराधमा सङ्लग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसूर÷अभद्र व्यवहारमा २६, चोरी मुद्दामा २२, लागुऔषध मुद्दामा २१, ज्यानमार्ने उद्योगमा सात, […]
पूरा पढ्नुहोस्
हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र
गण्डकी, २ भदौ । हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल नौमती बाजा पार्क क्षेत्र गन्तव्यमा समेटिएको छ । विगत छ वर्षयता प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गर्दै आएको क्लबले यस शृङ्खलामा ती गन्तव्यलाई समेटेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुुभयो । यस शृङ्खलाअन्तर्गत हेमजाको सुइखेतबाट हेम्जाकोट […]
पूरा पढ्नुहोस्
कन्काई घाटमा बन्यो विद्युतीय शवदाह गृह
झापा, १ भदौ । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु […]
पूरा पढ्नुहोस्
आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १ भदौ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भूभाग तथा […]
पूरा पढ्नुहोस्
चार महिनामा विपद्का घटनाबाट एक सय २६ जनाको मृत्यु
काठमाडौँ, १ भदौ । गएको वैशाखदेखि साउन ३१ सम्मको चार महिनामा देशभर दुई हजार ८५३ विपद्का घटनाले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढी, पहिरो, आगलागी, चट्याङ, हुरीबतासजस्ता घटनाले १२६ जनाको ज्यान लिएको छ भने ५८५ जना घाइते भएका छन्। विपद्का घटनामा परेका २३ जना अझै बेपत्ता छन्। विपद्का कारण ५०४१ परिवार विस्थापित भएका छन्। साउन ३१ […]
पूरा पढ्नुहोस्
नारायणघाट–मुग्लिन सडकखण्ड सुक्खा पहिराले अवरुद्ध
चितवन, १ भदौ । मुलुककै अति व्यस्त रहने नारायणघाट–मुग्लिन सडकखण्ड सुक्खा पहिरोले अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान सुख्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘एक्साभेटर’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो […]
पूरा पढ्नुहोस्
मुस्ताङको स्याउ बगैँचाभित्र राई घाँस उत्पादन गरी थप आम्दानी
मुस्ताङ, ३१ साउनः मुस्ताङमा लगाइएका स्याउ बगैँचाभित्र विभिन्न किसिमका हिउँदे तथा बर्खेबाली लगाउने प्रचलन विद्यमान छ । यहाँका किसानले स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा, उवा, फापर, जौ, मकै, तोरी, सिमी, बोडी, आलु, तरकारीलगायत अन्नबाली उत्पादन गरी दोहोरो मुनाफा कमाउँदै आएका छन् । पछिल्लो समय घरपझोङ गाउँपालिका–४ जोमसोमका किसान तेज गुरुङ (ताङ्वे)ले आफ्नो स्याउ बगैँचाभित्र अन्नबालीको विकल्पमा […]
पूरा पढ्नुहोस्
एक वर्षमा इलाममा बने दुईवटा बेलिब्रिज
इलाम, ३१ साउन । इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा इञ्जीनीयर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत माईजोगमाई गाउँपालिका–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोला […]
पूरा पढ्नुहोस्
मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता : तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौँ
तनहुँ, ३१ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताउनुभएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षण गर्दै उहाँले आयोजना निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । आयोजना निर्माणका क्रममा आइपर्ने समस्या समाधानका लागि प्रदेश सरकारले सहजीकरण गर्ने […]
पूरा पढ्नुहोस्
भरतपुरमा डिप बोरिङमार्फत तीन सय हेक्टर जमिन सिँचित
चितवन, ३१ साउन । भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । आज भरतपुर–२३ आलमघाटमा आयोजित एक कार्यक्रममा समितिलाई आयोजना हस्तान्तरण गरिएको हो । ती आयोजनामार्फत करिब तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको जनाइएको छ । वैकल्पिक सिँचाइ अभाव भएका क्षेत्रमा सेवा पुगोस् भन्ने उद्देश्यले आयोजना […]
पूरा पढ्नुहोस्



