१ भाद्र २०८२, आइतबार ०६:५८
चितवन, १ भदौ । मुलुककै अति व्यस्त रहने नारायणघाट–मुग्लिन सडकखण्ड सुक्खा पहिरोले अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान सुख्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘एक्साभेटर’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिनुभयो । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।





प्रतिकृया दिनुहोस्