समाचार
गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा स्कूल बसको ठक्करबाट आज बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । गैँडाकोट इङ्लिस स्कूलको ग १ ख ३९७० नम्बरको बसले गैँडाकोट–५ को कुसुमघाटस्थित भित्री सडकमा ना५८प ४५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितकाअनुसार स्कूल बसको ठक्करबाट गैँडाकोट–६ का […]
पूरा पढ्नुहोस्
‘अण्डा पूर्णरुपमा सुरक्षित खाद्य पदार्थ’
चितवन । मानव स्वास्थ्यका लागि अत्यावश्यक खाद्य पदार्थ अण्डा पूर्णरुपमा सुरक्षित भएको सरोकारवालाहरुले बताएका छन् । विश्व अण्डा दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा पोषणविद् तथा चिकित्सकहरुले अण्डा पूर्णरुपमा सुरक्षित खाद्य पदार्थ भएको बताएका हुन् । कार्यक्रममा वरिष्ठ पोषणविद् डा दिनेश गौतमले अण्डामा कुनै पनि प्रकारको हर्मोन तथा एन्टिवायोटिक प्रयोग नहुने बताए । ‘नेपालमा अण्डा […]
पूरा पढ्नुहोस्
नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
चितवन । नारायणगढ बजारमा चाडपर्वका समयमा हुने भीडभाड र अव्यवस्थित गतिविधि नियन्त्रण गरी बजारलाई व्यवस्थित बनाउन गठित बजार व्यवस्थापन कार्यदल (टास्क फोर्स) सक्रिय भएको छ । नारायणगढमा चाडपर्वका समयमा किनमेल गर्नेको चाप बढ्ने भएकाले बजार व्यवस्थापन, शान्ति–सुरक्षा, सवारी आवागमन तथा बजार अनुगमनलाई प्रभावकारी बनाउन टास्क फोर्सले सरोकारवाला निकायसँग समन्वय गरी काम अघि बढाएको हो । […]
पूरा पढ्नुहोस्
दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो […]
पूरा पढ्नुहोस्
गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि आज साँझदेखि सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै उक्त राजमार्ग भएर […]
पूरा पढ्नुहोस्
लोक दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा
महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित हुनुभएको प्रतिष्ठानको नवौँ महाधिवेसनका निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिनुभयो । बिहीबार बर्दिबास–३ गौरीडाँडामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले उद्घाटन गर्नुभएको नवौँ […]
पूरा पढ्नुहोस्
आज विश्व अण्डा दिवसः चितवनमा ‘जुम्बा डान्स’ र ‘एग वाक’कार्यक्रम
चितवन । चितवनमा आज ‘जुम्बा डान्स’ र ‘एग वाक’ कार्यक्रमको आयोजना गरिएको छ । विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक सङ्घ केन्द्रीय समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो । उद्योग सङ्घ चितवनको परिसरमा जुम्बा डान्स गरेर दिवसको शुभारम्भ गरिएको थियो । सो अवसरमा डिजे म्युजिकमा सहभागीले नृत्य प्रस्तुत गर्नुभएको थियो । एग वाकको चितवनका […]
पूरा पढ्नुहोस्
नवलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु
नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज साँझ करिब ८ बजेको समयमा जिल्लाको कावासोती–८ खरकट्टा जङ्गलमा नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको बा ५ ख ७९२ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल […]
पूरा पढ्नुहोस्
आज दिनभर झरी, शनिबारदेखि सुधार हुने
काठमाडौँ । देशका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ । शनिबारदेखि मौसममा क्रमशः सुधार हुने नेपाल मौसम विज्ञान विभागले बताएको छ । मौसमविद् रोजन लामिछानेले भन्नुभयो, “अधिकांश स्थानमा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ । आज दिनभरी वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने शुक्रबार दिउँसो पुनः […]
पूरा पढ्नुहोस्
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ । यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन् । भारी वर्षाबाट अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको […]
पूरा पढ्नुहोस्



