नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आज साँझ करिब ८ बजेको समयमा जिल्लाको कावासोती–८ खरकट्टा जङ्गलमा नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको बा ५ ख ७९२ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितकाअनुसार बसको ठक्करबाट करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । बसको ठक्करबाट घाइते भएका व्यक्तिलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका पण्डितले बताउनुभयो ।
मृतक पुरुषको पहिचान खुल्न नसकेको भन्दै पण्डितले ठक्कर दिने बस र बस चालक कावासोती–१४ का ४६ वर्षीय नारायण महतोलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिनुभयो । मृतकको पहिचान नखुलेको भन्दै पहिचानका लागि प्रहरीले मृतक पुरुषको तस्बिर सार्वजनिक गरेको छ ।





प्रतिकृया दिनुहोस्