११ कार्तिक २०८३, बुधबार

समाचार

पहिरो हटाएर १७ घण्टापछि पृथ्वीराजमार्ग सञ्चालनमा (भीडियो)

धादिङ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका- १० जवाङखोलामा सुख्खा पहिरोले अवरुद्ध बनेको पृथ्वीराजमार्ग दुईतर्फी संचालनमा आएको छ । सडक माथिबाट ठूलो सुख्खा पहिरो खसेपछि सोमबार राती १० बजेदेखि अवरुद्द राजमार्ग करिब १७ घण्टामा पहिरो पन्छाएर खुलाइएको हो। तत्कालका लागि पहिरो पन्छाएपनि जोखिम टरिसकेको छैन । डोजरले पन्छाउदै जाने पहिरो थपिदै गर्ने क्रम चलिरहेको जिल्ला […]

पूरा पढ्नुहोस्

जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

काठमाडौँ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको […]

पूरा पढ्नुहोस्

औलोबाट चितवनमा ६ जना सङ्क्रमित

चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका छन् । सङ्क्रमित ३४ […]

पूरा पढ्नुहोस्

दुई लाख २१ हजार ७०० पुग्यो प्रतितोला सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू तीन हजार नौ सय बढेको हो । त्यसैगरी आज […]

पूरा पढ्नुहोस्

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

चितवन । नेपालीहरुको महान् पर्व दसैँ एवम् तिहारको विशेष अवसर पारेर वर्ल्डलिङ्ककोे ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना ल्याइएको छ । आइएमई खल्ती लिमिटेडद्वारा प्रवर्द्धन गरिएको डिजिटल वालेट ‘खल्ती बाइ आइएमई’बाट इन्टरनेट सेवा प्रदायक, वर्ल्डलिङ्कको बिल भुक्तानीमा भव्य र रोमाञ्चक क्याम्पेन सार्वजनिक गरेको हो । आगामी १२ हप्तासम्म चल्ने यस अभियानमा सेवाग्राहीहरुले खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ गराउनुभएको हो । नवनियुक्त मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला […]

पूरा पढ्नुहोस्

भरतपुरमा खुल्यो डेढ अर्ब लगानीमा लर्डस् होटल

चितवन । चितवनको भरतपुरमा १८ जना व्यवसायीको डेढ अर्ब रुपैयाँ बढीको लगानीमा अत्याधुनिक होटल सञ्चालनमा आएको छ । भरतपुर–१० स्थित एयरपोर्ट अगाडि सिबिसी प्लाजामा रु एक अर्ब ६० करोड रुपैयाँ लागतमा होटल लर्डस् सञ्चालनमा आएको हो । चितवन विजनेश कम्प्लेक्स होटल प्रालि (सिविसी)ले अन्तर्राष्ट्रिय ब्राण्डको होटल लर्डस् हस्पिटालिटीसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याएको आज आयोजि पत्रकार […]

पूरा पढ्नुहोस्

सञ्चारमन्त्री खरेलले पहिलो निर्णयमा गरेनन् हस्ताक्षर

काठमाडौं । नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर नगरी कर्मचारीलाई नै फर्काइदिएका छन् । सोमबार राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण कार्यक्रम सकेर उनी मन्त्रालयमा पदभार ग्रहणका लागि पुगेका थिए । सो क्रममा कर्मचारीले पहिलो निर्णय हस्ताक्षरका लागि पुर्‍याएका थिए । तर, मन्त्री खरेलले अर्को निर्णय बनाएर ल्याउन आग्रह गरे । […]

पूरा पढ्नुहोस्

एक लाख घुस सहित लेखा प्रमुख पक्राउ

दैलेख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुखलाई सेवाग्राहीसँग घुस लिएको नगदसहित कर्णाली प्रदेश राजधानी सुर्खेतमा पक्राउ गरेको छ । गाउँपालिकाको सातौँ तहका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मङ्गलगडी चोकबाट अख्तियारको कर्णाली प्रदेश कार्यालयको टोलीले आइतबार राति अबेर रु एक लाख घुससहित नियन्त्रणमा लिएको हो । […]

पूरा पढ्नुहोस्

बाँकेका तीन कार्यालय फेरि प्रयोग गर्न नमिल्ने अवस्थामा

बाँके । बाँकेको कोहलपुर र नेपालगञ्जमा रहेका तीन सरकारी कार्यालय पूर्ण रूपमा जोखिमयुक्त रहेको पाइएको छ । प्राविधिक अध्ययनपछि सहरी विकास तथा भवन कार्यालयले ती कार्यालयबाट पुनः सेवा प्रवाह गर्न नसकिने निष्कर्षसहित अन्य स्थान प्रयोग गर्न सुझाव दिँदै रेड जोनमा राखेको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा कोहलपुरमा रहेको एउटा कार्यालय र नेपालगञ्जमा रहेका दुई कार्यालयलाई […]

पूरा पढ्नुहोस्