समाचार
फूलपातीबाट निकुञ्जमा जिप सफारी सुरु हुँदै
चितवन । चितवन राष्ट्रिय निकुञ्जले दसैँअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने भएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका ससाना खोलाखोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार फूलपातीअघि जिप सफारीका लागि अनुमति […]
पूरा पढ्नुहोस्
अक्सफोर्ड कलेजद्वारा दसैँको शुभकामना आदानप्रदान
नवलपुर । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले नेपालीहरुको महान् चाड दसैँको अवसरमा शुभकामना आदादप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा कलेजका प्राचार्य प्राध्यापक डाक्टर इन्जिनियर हरि भण्डारीले दसैँको शुभकामना व्यक्त गर्दै सबैलाई सत्मार्गमा लाग्न आग्रह गर्नुभयो । सत्यको सधैँ जित हुने भएकाले सत्यबाट टाढा भाग्न नहुने उहाँको भनाइ थियो । शिक्षकहरुको पढाउने […]
पूरा पढ्नुहोस्
शिक्षामन्त्री पुनद्वारा सिटिइभीटीलाई चार बुँदे निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)लाई तत्काल कार्यान्वयन गर्नेगरी चार बुँदे निर्देशन दिनुभएको छ । परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिनुभएको छ । यस्तै, एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल तीन […]
पूरा पढ्नुहोस्
आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
काठमाडौँ । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी […]
पूरा पढ्नुहोस्
मुस्ताङी च्याङ्ग्राको आयात घट्यो
बागलुङ । यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट बडादसैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि भएसँगै कम मात्रामा यहाँ च्याङ्ग्रा भित्रिएका हुन् । जिल्ला सदरमुकाममा अहिलेसम्म एक सय च्याङ्ग्रा भित्रिएका छन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडादसैँ र तिहारमा बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन् […]
पूरा पढ्नुहोस्
चट्याङ लागेर बालिकाको मृत्यु
गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने-५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिनुभयो । उहाँका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली विक […]
पूरा पढ्नुहोस्
माझी समुदाय जसले दसैँमा जमारा राखे अशुभ हुने ठान्छन्
गलकोट । बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङ्गाउने प्रचलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाको एक माझी समुदायमा भने अझै दसैँको चहलपहल छैन । घटस्थापनाको दिन राखेको […]
पूरा पढ्नुहोस्
नवलपुरमा चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या
नवलपुर । नवलपुरको कावासोतीमा एक पुरुषले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । कावासोती–८ सगरमाथा टोलका ४२ वर्षीय सूर्यप्रसाद पाण्डेले आफ्नी ३७ वर्षीया श्रीमती सङ्गीता पाण्डेको चक्कु प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपाललेका अनुसार बुधबार साँझ घरायसी विवादका कारण पाण्डेले आफ्नी […]
पूरा पढ्नुहोस्
तुइन खोलामा फेरि खस्यो पहिरो, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
आनन्द पोखरेल चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६, स्थित तुइन खोलामा मङ्गलबार अपराह्न पहिरो खस्दा नारायणघाट–मुग्लिन सडक खण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ । मङ्गलबार दिउँसो १ बजेदेखि नै स–सानो पहिरोका खस्दा अवरुद्ध बनेको यो सडक खण्ड अपराह्न ५ बजेको समयमा झनै ठूलो पहिरो खसेपछि पूर्णरुपमा नै अवरुद्ध बनेको हो । माथि पहाडबाट निरन्तररुपमा सुख्खा पहिरो झरिरहेका […]
पूरा पढ्नुहोस्
तुइन खोलामा फेरि खस्यो पहिरो : नारायणघाट मुग्लिन सडक अवरुद्ध
चितवन । नारायणघाट–मुग्लिन सडक खण्ड आज दिउँसोदेखि पुनः अवरुद्ध बनेको छ । आज दिउँसो १ बजेतिर इच्छाकामना–५ तुइन खेलामा फेरि सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । सडकमा माथि पहाडबाट निरन्तर ढुंगा झरेको कारण उपकरण सञ्चालन गरि पहिरो हटाउनमा समस्या भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यसअघि शुक्रबार साँझ खसेको पहिरो […]
पूरा पढ्नुहोस्



