९ आश्विन २०८२, बिहीबार ०७:२०
नवलपुर । नवलपुरको कावासोतीमा एक पुरुषले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
कावासोती–८ सगरमाथा टोलका ४२ वर्षीय सूर्यप्रसाद पाण्डेले आफ्नी ३७ वर्षीया श्रीमती सङ्गीता पाण्डेको चक्कु प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपाललेका अनुसार बुधबार साँझ घरायसी विवादका कारण पाण्डेले आफ्नी श्रीमतीलाई शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी घाइते बनाएका थिए । चक्कु प्रहारबाट घाइते भएकी सङ्गीतालाई तत्काल उद्धार गरी उपचारका लागि डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालमा लगिएको भए पनि उपचारका क्रममा बुधबार साँझ नै उनको मृत्यु भएको नेपालको भनाइ छ ।
चक्कु प्रहार गर्ने सूर्यप्रसाद पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको नेपालले बताउनुभयो ।





प्रतिकृया दिनुहोस्