७ आश्विन २०८२, मङ्गलबार १६:३६
चितवन । नारायणघाट–मुग्लिन सडक खण्ड आज दिउँसोदेखि पुनः अवरुद्ध बनेको छ ।
आज दिउँसो १ बजेतिर इच्छाकामना–५ तुइन खेलामा फेरि सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । सडकमा माथि पहाडबाट निरन्तर ढुंगा झरेको कारण उपकरण सञ्चालन गरि पहिरो हटाउनमा समस्या भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
यसअघि शुक्रबार साँझ खसेको पहिरो ४६ घण्टापछि आइतबार यो सडक खण्ड सञ्चालनमा आएको थियो । तर सोमबार पनि दिउँसो करिव ४ घण्टा बाटो बन्द गरेर दुईतर्फी खुलाइएको थियो । अहिले फेरि बाटो अवरुद्ध हुँदा दसैँ मनाउन जान लागेका यात्रुहरु मर्कामा परेका छन् ।





प्रतिकृया दिनुहोस्