समाचार
नवलपुरको प्रहरी चौकी जलाउने सात जना पक्राउ
नवलपुर । ‘जेन–जी’ प्रदर्शनको क्रममा गत भदौ २४ गते नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा प्रहरी चौकी जलाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते जिल्लाको हुप्सेकोट–१ बेलुवास्थित प्रहरी चौकी हुप्सेकोटभित्र प्रवेश गरी कार्यालय भवन तथा सवारीसाधनहरु तोडफोड, आगजनी गरी क्षति गराएको घटनामा संलग्न रहेका सात जनालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी […]
पूरा पढ्नुहोस्
वर्षाले सडक चिप्लो हुँदा दाउन्नेमा सडक अवरुद्ध
नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा सडक अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानबाट परेको पानीका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक […]
पूरा पढ्नुहोस्
जेन–जी प्रदर्शनमा नवलपुरमा ५८ करोड क्षति
नवलपुर । जेन–जी प्रदर्शनको क्रममा भदौ २४ गते भएको आगजनी तथा तोडफोडका कारण नवलपुरमा करिब ५८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । प्रदर्शनका क्रममा जिल्लास्थित सरकारी र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट अनुमानित ५८ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । पाण्डेकाअनुसार […]
पूरा पढ्नुहोस्
नारायणी नदी किनारमा छठ पर्वको रौनक
चितवन । नवलपुर तथा चितवनमा पछिल्लो वर्षहरुमा छठ पर्व धुमधामका साथ मनाउन थालिएको छ । बर्सेनि छठ पर्व मनाउने श्रद्धालुको सङ्ख्या नारायणी नदी किनारमा बढ्दै गएको देखिन्छ । छठ पर्वको मुख्य दिन आज नारायणी नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तालुहरुको ठूलै भीड लागेको थियो । नारायणी नदी किनार, त्रिवेणीधामसँगै जिल्लाका विभिन्न खोला तथा पोखरीमा […]
पूरा पढ्नुहोस्
दुर्घटना न्यूनीकरण गर्न चालक सचेतना कार्यक्रम
नवलपुर । नवलपुरको भित्री सडकखण्डमा सवारीसाधनको दुर्घटना बढी भएपछि ट्राफिक प्रहरीले चालक सचेतना कार्यक्रम सुरु गरेको छ । तिहारको समयमा जिल्लाको भित्री सडकखण्डमा बढी दुर्घटना भएको हुनेको दुर्घटना न्यूनीकरण गर्न चालक सचेतना कार्यक्रम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद प्रसाद जोशीले शहरी क्षेत्रको भित्री सडकमा […]
पूरा पढ्नुहोस्
आन्तरिक पर्यटक आकर्षण गर्दै ब्रम्हस्थान
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थान नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । ब्रम्हस्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो । सार्वजनिक विदा तथा चाडपर्वको समयमा यहाँ आन्तरिक पर्यटकहरुको उपस्थिति उल्लेख्य रहने मध्यविन्दु–३ का […]
पूरा पढ्नुहोस्
सहज बन्दै नारायणघाट बुटवल सडक
नवलपुर । बिस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड यात्राका लागि सहज बन्दै गएको छ । सडकको ११३ किलोमिटर खण्डमध्ये दाउन्नेबाहेकका अन्य स्थानमा राजमार्ग सहज बनेको नारायणघाट बुटवल सडक योजनाले जनाएको छ । योजनाको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालकाअनुसार हाल सडकको विभिन्न ११ स्थानमा सडक विस्तारको काम भइरहेको छ । दाउन्नेको पूर्वी […]
पूरा पढ्नुहोस्
नागरिकताको अभिलेखलाई ‘डिजिटाइजेसन’
नवलपुर । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नौ हजार बढीले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका छन् । नयाँ नागरिकता, विद्युतीय राहदानी बनाउनेको सङ्ख्या भन्दा पनि राष्ट्रिय परिचयपत्र बनाउने आउने जिल्लावासीको सङ्ख्या उल्लेख्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो । उहाँकाअनुसार जिल्लाबाट गत साउन १ देखि असोज मसान्तसम्म नौ […]
पूरा पढ्नुहोस्
उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु
चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः५० बजे भत्किएको थियो । भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए । उनीहरूमध्ये तीन जनाको उपचारका […]
पूरा पढ्नुहोस्
पर्यटकको पर्खाइमा सौराहाका पर्यटन व्यवसायी
आनन्द पोखरेल चितवन । देशकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको चितवनको सौराहा यतिबेला सुनसान जस्तै बनेको छ । सौराहाका पर्यटन व्यवसायीहरु पर्यटक आउने पर्खाइमा रहेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्व अध्यक्ष दीपक भट्टराईले सौराहामा अहिले खासै पाहुनाहरु नभएका बताउनुभयो । ‘अहिले पर्यटक खासै छैनन्, अब तिहार लागेपछि पर्यटक भित्रिनेमा हामी आशावादी छौँ’ उहाँले […]
पूरा पढ्नुहोस्



