समाचार
एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउने प्रस्ताव
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा केन्द्रीय किमिटी दुई सय ५१ सदस्यीय हुने भएको छ । प्रस्तुत प्रस्तावित विधान संशोधन प्रस्तावमा तीन सय एक सदस्यीय कमिटीलाई घटाएर दुई सय ५१ कायम गरिएको छ । उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको संशोधन प्रस्तावमा १५ जना पदाधिकारीसहित केन्द्रीय कमिटीको सङ्ख्या दुई सय […]
पूरा पढ्नुहोस्
इच्छाकामनाको मायाटारमा अस्थायी प्रहरी चौकी स्थापना
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ मायाटारमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी चौकी भवनको आज दिउँसो गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक गोविन्द पुरीले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । प्रहरी चौकी उद्घाटनका क्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, टोल सुधार समिति, आमा समूह र सञ्चारकर्मीहरूको उपस्थिति थियो । स्थानीयवासीको माग अनुसार स्थापना […]
पूरा पढ्नुहोस्
चितवनसहितका तीन जिल्लामा आइतबार सार्वजनिक विदा
चितवन । बागमती प्रदेश सरकारले चेपाङ समुदायको न्वागी (छोनाम) पर्वको अवसरमा भदौ २२ गते आइतबार प्रदेशका तीनवटा जिल्लामा सार्वजनिक विदा दिएको छ । सरकारले चेपाङ समुदायको वाहुल्यता रहेको चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, हेटौंडाबाट जारी सूचनाअनुसार बागमती प्रदेश राजपत्र खण्ड ८, संख्या […]
पूरा पढ्नुहोस्
इन्डो–नेपाल करातेमा अन्भीलाई दोहोरो स्वर्ण
काठमाडौँ । नेपालकी अन्भी शाहीले इन्डो–नेपाल कराते प्रतियोगिताको पहिलो दिन आज दोहोरो स्वर्ण जितेकी छन् । अन्भीले महिला २०–२५ केजी तौल समूह र आठ–नौ वर्ष उमेर समूहमा स्वर्ण जितेकी हुन् । वनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगिताको २०–२५ केजी तौल समूहको फाइनलमा अन्भीले नेपालकै माभेवामा लामालाई पराजित गरिन् । नेपालका कृष्टि तामाङ र […]
पूरा पढ्नुहोस्
एमालेको संगठित सदस्य साढे ६ लाख बढी, बागमतीमामात्रै साढे १५ हजार कमिटी
ललितपुर । नेकपा (एमाले)को पछिल्लो अद्यावधिक पार्टी सदस्यहरु ६ लाख ६२ हजार ९ सय ६१ जना रहेका छन् । यो संगठित पार्टी सदस्य संख्या १०औं महाधिवेशन पछि ३० प्रतिशतले वृद्धि भएको हो । महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो । पोखरेलले प्रतिवेदन पेश गर्दैै पार्टी अहिले ६४ हजार ७ […]
पूरा पढ्नुहोस्
जुम्लाका किसानलाई स्याउ टिप्ने चटारो
जुम्ला । यहाँका सात गाउँपालिकासहित एक नगरपालिका गरी आठ स्थानीय तहका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउमा परिपक्वता तथा गुलियोपन भरिएसँगै बगैँचामा स्याउ टिप्न सुरु गरिएको हो । स्याउ व्यापारी घरमै आएर खरिद गर्न थालेका छन् । पाकेका स्याउ बिक्री गर्न थालेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान प्रेमराज पाण्डेले […]
पूरा पढ्नुहोस्
सञ्चालनमा आयो ‘एनिमल एम्बुलेन्स’
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले घाइते वा अशक्त जनावरलाई उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । सो एम्बुलेन्स सञ्चालनमा आएपछि दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई अब अस्पताल वा सेल्टरसम्म पु¥याउन सहज हुने उपमहानगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख अच्युत गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ‘एनिमल नेपाल’ नामक गैरसरकारी संस्थाले उपमहानगरपालिकालाई एनिमल एम्बुलेन्स हस्तान्तरण […]
पूरा पढ्नुहोस्
सप्ताहव्यापी निजामती दिवस हुलाक टिकट प्रदर्शनी सुरु
काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले निजामती सेवा सरकार चलाउनु विश्वासिलो र महत्वपूर्ण अङ्ग भएकाले सेवाको गौरव राख्न सबै कर्मचारीले स्वच्छ छविमा ध्यान दिनुपर्ने बताउनुभएको छ । निजामती दिवस–२०८२ का सन्दर्भमा आज हुलाक सेवा विभागको आयोजना र नेपाल फिलाटेलिक सोसाइटीको सहआयोजनामा आयोजना गरिएको सप्ताहव्यापी निजामती दिवस हुलाक टिकट प्रदर्शनी कार्यक्रममा सचिव अर्यालले […]
पूरा पढ्नुहोस्
जापनीज इन्सेफलाइटिसबाट एक महिनामा नवलपुरका तीन जनाको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक महिनाको अवधिमा जापनीज इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु भएको छ । साउन २० देखि हालसम्म जिल्लामा जापनीज इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जापनीज इन्सेफलाइटिस जिल्लाको मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला तथा […]
पूरा पढ्नुहोस्
बागलुङका किसानले गराए ७०५ पशुको बिमा
बागलुङ । दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा गरिएको छ । जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका ७०५ पशुको बिमा गरिएको सङ्घ अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो । कृषकबाट बिमा प्रिमियमबापत गत वर्षमा रु चार लाख ८४ हजार ५०० र राज्यबाट अनुदानबापत रु १९ लाख […]
पूरा पढ्नुहोस्



