विविध
एक वर्षमा इलाममा बने दुईवटा बेलिब्रिज
इलाम, ३१ साउन । इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा इञ्जीनीयर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत माईजोगमाई गाउँपालिका–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोला […]
पूरा पढ्नुहोस्
मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता : तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौँ
तनहुँ, ३१ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताउनुभएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षण गर्दै उहाँले आयोजना निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । आयोजना निर्माणका क्रममा आइपर्ने समस्या समाधानका लागि प्रदेश सरकारले सहजीकरण गर्ने […]
पूरा पढ्नुहोस्
सिन्धुलीको दुधौलीस्थित बस्तीमा बाढी पस्दा १० घर डुबानमा
सिन्धुली, ३१ साउनः यहाँको दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन् । त्यसक्रममा ५९ वर्षीया भन्द्राकुमारी दनुवार घाइते हुनुभएको छ । आज दिउँसो अविरल वर्षापछि विचित्रा खोलामा आएको बाढी बस्तीमा पसेको थियो । अचानक घरमा बाढी पसेपछि भाग्ने क्रममा घाइते हुनुभएकी दनुवारलाई उद्धार गरी उपचारको लागि दुधौली नगर अस्पतालमा लगिएको […]
पूरा पढ्नुहोस्
सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो
काठमाडौँ, ३१ साउन । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको छ । अहिले साँझ उहाँलाई जहाजमार्फत त्रिभूवन विमानस्थल ल्याइएको र त्यहाँबाट नक्खु कारागार लगिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले जानकारी दिनुभयो । कारागार सरुवाका लागि सभापति लामिछानले दिएको निवेदनका आधारमा […]
पूरा पढ्नुहोस्
इजरायल पुगेर विपिनकी आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्
प्यालेटिनीनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले बोलाएपछि उनीहरु सोमबार इजरायल प्रस्थान गरेका थिए । उनीहरुलाई इजरायलको तेलअविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि […]
पूरा पढ्नुहोस्



