विविध
एउटै जिल्लाको सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा
झापा, ४ भदौ । लागुऔषधको दुर्व्यसनमा फसेका आठ सय ४५ युवा झापाका विभिन्न सुधार (पुनःस्थापना) केन्द्रमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा रहेका २७ वटा पुनःस्थापना केन्द्रमा अहिले आठ सय ४५ जना लागुऔषधको दुव्र्यसनमा फसेका युवा छन् । ती युवालाई अभिभावक आफैँले र प्रहरीले दुर्व्यसनबाट मुक्त गराउन पुनःस्थापना केन्द्रमा राखेका हुन् । भारतसँगको […]
पूरा पढ्नुहोस्
‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’
कर्णाली, ४ भदौ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताउनुभएको छ । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उहाँले प्रदेश स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूले देखाएको मार्गदर्शनलाई अपनाउँदै जनताको हित र अधिकार रक्षा हुनेगरी काम गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो […]
पूरा पढ्नुहोस्
आलेखः पूर्ण स्तनपानको अधिकारमा आमाहरू नै बाधक
पाल्पा, ४ भदौ । तानसेन नगरपालिका–३ भगवती टोलकी शर्मिला केसीले आफ्नो छोरालाई पाँच महिना पनि पूरै दूध खुवाउनुभएन । निजामती सेवामा कार्यरत उहाँ कार्यालय जानुपर्ने भएकाले छोरा जन्मिएको चार महिनापछि एक जना हेरालुको साथमा छोडेर हिँड्नुपर्यो । “कार्यालयबाट घर आउने समयको टुङ्गो नहुँदा छोरालाई पूरा समय आफ्नो दूध खुवाउन पाइनन् । चाहेजति दूध खान नपाएपछि […]
पूरा पढ्नुहोस्
सूचना नपाएको सूचना अधिकारीको गुनासो
खोटाङ, ४ भदौ । दिक्तेलमा मङ्गलबार आयोजित सूचनाको हकसम्बन्धी छलफलमा सहभागी जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालयबाट आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना भने प्राप्त नहुने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले कार्यालय प्रमुखहरूले नै पत्रकार तथा नागरिकलाई सूचना उपलब्ध गराउन आनाकानी गर्ने गरेको बताउनुभयो […]
पूरा पढ्नुहोस्
सङ्कटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार
गोरखा, २ भदौ । ढिलो गरी वर्षा भएका कारण साउन महिना सकिन लाग्दा पनि गाउँले किसानहरुलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धानको रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षका चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा […]
पूरा पढ्नुहोस्
नवलपरासीको सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण
नवलपरासी, २ भदौ । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको छ । बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा २८८ दशमलव पाँच हेक्टर क्षेत्रफल, सुनवल नगरपालिकामा १७३ दशमलव ९९ हेक्टर क्षेत्रफल, रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा १५७ दशमलव ८२ हेक्टर क्षेत्रफल, प्रतापपुर र सुस्ता गाउँपालिकामा १२६ दशमलव ५१ हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको […]
पूरा पढ्नुहोस्
कन्काई घाटमा बन्यो विद्युतीय शवदाह गृह
झापा, १ भदौ । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु […]
पूरा पढ्नुहोस्
आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १ भदौ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भूभाग तथा […]
पूरा पढ्नुहोस्
चार महिनामा विपद्का घटनाबाट एक सय २६ जनाको मृत्यु
काठमाडौँ, १ भदौ । गएको वैशाखदेखि साउन ३१ सम्मको चार महिनामा देशभर दुई हजार ८५३ विपद्का घटनाले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढी, पहिरो, आगलागी, चट्याङ, हुरीबतासजस्ता घटनाले १२६ जनाको ज्यान लिएको छ भने ५८५ जना घाइते भएका छन्। विपद्का घटनामा परेका २३ जना अझै बेपत्ता छन्। विपद्का कारण ५०४१ परिवार विस्थापित भएका छन्। साउन ३१ […]
पूरा पढ्नुहोस्
नारायणघाट–मुग्लिन सडकखण्ड सुक्खा पहिराले अवरुद्ध
चितवन, १ भदौ । मुलुककै अति व्यस्त रहने नारायणघाट–मुग्लिन सडकखण्ड सुक्खा पहिरोले अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान सुख्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘एक्साभेटर’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो […]
पूरा पढ्नुहोस्



